News Portal

मधुमेहमा खान सकिने औषधी समान दश तरकारी !

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाडौँ – मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ। विश्वमा ४० वर्षमाथिका हरेक ४ जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ। मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ।

दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ। मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ।

१) करेला
करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ। त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ।

२) भिन्डी
भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ। यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ। यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ।

३) पालुङ्गो
म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ।

४) चुकन्दर
चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ। यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ।

५) शखरखण्ड
शखरखन्ड (सुठुनी)मा एन्डिअक्सिडेन्ट पाइन्छ। यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ।

६) बन्दागोभी
बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ। यसले तौल घटाउन समेत सहयोग गर्दछ।

७) लौका
बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ।

८) बैगुन
मधुमेह रोगीकालागि बैगुनको सेवन पनि लाभदायक हुन्छ। यसले ब्लड सुगरको लेभल बढ्न दिदैन। साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ।

९) प्याज
प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ।

१०) काउली
काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ। यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ। साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...