News Portal

वैशाखका लागि घोषित चुनाव मंसिरमा सार्ने तयारी

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घोषित मध्यावधि निर्वाचन मिति सार्ने तयारी गरेका छन्। विविध कारणले वैशाखमा निर्वाचन नहुने लक्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मंसिरका लागि अर्को चुनावको मिति घोषणा गर्ने गृहकार्य भइरहेको छ ।

प्रतिनिधिसभा विटघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा, निर्वाचन आयोगमा नेकपाका दुई समूहमध्ये कसलाई आधिकारिता दिने भन्नेबारे देखिएको अन्यौल, ओली समुह बाहेक सबै दल र नागरिक समाजले आन्दोलन घोषणा गरेको र आर्थिक अभावलाई बहाना बनाएर निर्वाचन मिति सार्ने तयारी भएको हो । 

‘विविध कारणले वैशाखमा निर्वाचन हुने देखिँदैन’, ती मन्त्रीले भने, ‘अब मंसिरमा गर्ने गरी अर्को मिति घोषणा हुन्छ। प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएको भन्दै गत ५ पुसमा प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचन घोषणाका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । 

राष्ट्रपतिले संसद विघटनको सिफारिस सोही दिन सिदर गर्दै १७ वैशाखमा पहिलो चरण र २७ वैशाखमा दोश्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । नेकपाको प्रचण्ड – नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालगायतका दलले ओलीले निर्वाचन गर्नका लागि नभई सत्ता लम्ब्याउन मात्र निर्वाचन घोषणा गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको आरोपलाई नै पुष्टि गर्ने गरी निर्वाचन मिति परिवर्तन गर्ने तयारी भएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...