News Portal

केपी ओलीले हामीमाथि राजनीतिक हिंसा गरे : रेणु दाहाल

हिमालीसंचार संवाददाता
४९१ पटक

काठमाडौं – नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल प्रचण्ड पुत्री रेणुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्।

भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी रेणु दहालले आफूहरुमाथि प्रधानमन्त्री ओलीले राजनीतिक हिंसा गरेको गुनासो गरेकी हुन्। सामाजिक सञ्जाल फेबसुकमार्फत दाहालले छोराछोरीका नाममा पटक पटक व्यक्तिगत प्रहार गरी ओलीले राजनीतिक हिंसा गरेको भन्दै आपत्ति जनाएकी हुन्।

‘जीवनभर सबै व्यक्तिगत इच्छा र चाहना त्यागेर जनताको हितमा लडेका हौँ। व्यक्तिगत स्वार्थमा नलागेर सेवामा समर्पित हुनु कमजोरी हो ?’, उनले प्रश्न गरेकी छिन्  ‘बाले राजनीति गर्ने अनि छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने थियो ?’

उनले प्रधानमन्त्री ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकाबाहेक अरुलाई केही नगरेको आरोप पनि लगाइन्। नेकपाका दुई समूहबीच विवाद बढ्दै गएका बेला प्रचण्ड र ओलीबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप भइरहेको छ। पछिल्लो पटक एक टेलिभिजन अन्तर्वार्तामा दाहालले ओलीका सन्तान नहुनु उनकै दोष भन्दै कटाक्ष गरेका थिए।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...