News Portal

केपी ओलीले हामीमाथि राजनीतिक हिंसा गरे : रेणु दाहाल

हिमालीसंचार संवाददाता
५८३ पटक

काठमाडौं – नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल प्रचण्ड पुत्री रेणुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्।

भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी रेणु दहालले आफूहरुमाथि प्रधानमन्त्री ओलीले राजनीतिक हिंसा गरेको गुनासो गरेकी हुन्। सामाजिक सञ्जाल फेबसुकमार्फत दाहालले छोराछोरीका नाममा पटक पटक व्यक्तिगत प्रहार गरी ओलीले राजनीतिक हिंसा गरेको भन्दै आपत्ति जनाएकी हुन्।

‘जीवनभर सबै व्यक्तिगत इच्छा र चाहना त्यागेर जनताको हितमा लडेका हौँ। व्यक्तिगत स्वार्थमा नलागेर सेवामा समर्पित हुनु कमजोरी हो ?’, उनले प्रश्न गरेकी छिन्  ‘बाले राजनीति गर्ने अनि छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने थियो ?’

उनले प्रधानमन्त्री ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकाबाहेक अरुलाई केही नगरेको आरोप पनि लगाइन्। नेकपाका दुई समूहबीच विवाद बढ्दै गएका बेला प्रचण्ड र ओलीबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप भइरहेको छ। पछिल्लो पटक एक टेलिभिजन अन्तर्वार्तामा दाहालले ओलीका सन्तान नहुनु उनकै दोष भन्दै कटाक्ष गरेका थिए।  

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...