News Portal

पाचौ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप : टेन नबोदय दोस्रो चरणमा प्रवेश

हिमालीसंचार संवाददाता
४९७ पटक

अविन मावो/मोरङ– मोरङको पथरी सनिश्चरे स्थित जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ ।

शनिवार उर्लाबारीका विरुद्ध १-० गोलको जित निकाल्दै नबोदय दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारीत समयको अन्तिम मिनेटमा पाएको पेनाल्टी लाई सदुपयोग गर्दै केसीले गोल गरेका थिए ।

उर्लाबारीका डिफेन्सले डि एरियामा नबोदयका खेलाडीमाथि फल गरेपछि पेनाल्टीको अवसर पाएको थियो । खेलको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स नीरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछि पाएको पहिलो पेनाल्टीलाई उर्लाबारीका किपर चरी लिम्बुले रोके पनि दोस्रो पेनाल्टीमा भने केसीले गोल गरे ।

यस्तै खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्कँदा टेन नवोदय गोल गर्नबाट चुकेको थियो ।

उर्लाबारीले खेल अवधीभर पाएका निकै सुनौला अवसरहरूलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिताबाट बाहिरिन पुग्यो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइड बाट सजय धिमालले गरेको सशक्त प्रहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए ।

६७ औ मिनेटमा उर्लाबारीका मन्दिप धिमाल वान भर्सेस वानको अवस्थामा चुक्दा उर्लाबारीले हार बेहोर्नु पर्यो । शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसी भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

आइतबारको खेल विराटनगर र बेलडाँगीका बिचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...