News Portal

पाचौ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप : टेन नबोदय दोस्रो चरणमा प्रवेश

हिमालीसंचार संवाददाता
४४७ पटक

अविन मावो/मोरङ– मोरङको पथरी सनिश्चरे स्थित जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ ।

शनिवार उर्लाबारीका विरुद्ध १-० गोलको जित निकाल्दै नबोदय दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारीत समयको अन्तिम मिनेटमा पाएको पेनाल्टी लाई सदुपयोग गर्दै केसीले गोल गरेका थिए ।

उर्लाबारीका डिफेन्सले डि एरियामा नबोदयका खेलाडीमाथि फल गरेपछि पेनाल्टीको अवसर पाएको थियो । खेलको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स नीरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछि पाएको पहिलो पेनाल्टीलाई उर्लाबारीका किपर चरी लिम्बुले रोके पनि दोस्रो पेनाल्टीमा भने केसीले गोल गरे ।

यस्तै खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्कँदा टेन नवोदय गोल गर्नबाट चुकेको थियो ।

उर्लाबारीले खेल अवधीभर पाएका निकै सुनौला अवसरहरूलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिताबाट बाहिरिन पुग्यो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइड बाट सजय धिमालले गरेको सशक्त प्रहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए ।

६७ औ मिनेटमा उर्लाबारीका मन्दिप धिमाल वान भर्सेस वानको अवस्थामा चुक्दा उर्लाबारीले हार बेहोर्नु पर्यो । शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसी भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

आइतबारको खेल विराटनगर र बेलडाँगीका बिचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाइ गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...