News Portal

ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको जबाफ

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाण्डौ – योगेश भट्टराईले केटाकेटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यावस्था मै ओलीले कुर्सीप्राप्त गरेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएपछि योगेशले फेसबुकमा यस्तो लेखेका हुन ।

भट्टराईले फेसबुकमा लेखेका छन,- “केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।”

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

ओलीले भनेका थिए,– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ । ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...