News Portal

ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको जबाफ

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाण्डौ – योगेश भट्टराईले केटाकेटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यावस्था मै ओलीले कुर्सीप्राप्त गरेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएपछि योगेशले फेसबुकमा यस्तो लेखेका हुन ।

भट्टराईले फेसबुकमा लेखेका छन,- “केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।”

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

ओलीले भनेका थिए,– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ । ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...