News Portal

सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

दिनेश थापा
९३६ पटक

सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ बर्षिया उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् ।

भोटसीपाको घटना हो यो । नीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् ।  महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

‘उसको र मेरो घर सँगै हो, एकोहोरो फकायो । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनी डीएसपी विमलराज कँडेलसँग आफ्नो वेदना सुनाइन् ।

महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् । ‘उहाँले केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले उनले भनिन् ।

छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

दुई महिनामा ४ बलात्कार

सिन्धुपाल्चोकमा दुई महिनाका बीचमा बलात्कारका चार घटना भएका छन् । १३ वर्षकी बालिकादेखि ५२ बर्षिया समेत बलात्कारका शिकार भएका छन् । हामीले यो समाचार अनलाइनखबरबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...