News Portal

अस्पताल हिडेका युवक बसभित्रै मृत भेटिए

हिमालीसंचार संवाददाता
८७३ पटक

विराटनगर – झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन। केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन्।

उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए। विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी नउत्रिएपछि बसका कर्मचारीले हेर्दा मृत भेटिएका हुन्।

मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। उनका अनुसार युवक मिर्गौला रोगी थिए र उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए।

बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए। बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...