News Portal

प्रधानमन्त्री कप महिला क्रिकेट: एपिएफ फाइनलमा, बाहिरियो सुदूरपश्चिम

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) दाङको लमही जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपिएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पूरा गर्‍यो। एपिएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक अविजित २६ तथा सरिता मगरले अविजित १९ रन बनाइन्। कप्तान सीता राना मगरले ७ रन योगदान दिइन्। सुदूरपश्चिमको बलिंगमा कविता कुँवरले १ विकेट हात पारिन्।

यसअघि, लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो। सुदूरपश्चिमको ब्याटिङमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कविता कुँवरले ९, ऋतु कनोजियाले ४, सम्झना खड्का र लक्ष्मी साउदले समान ३ रन बनाए। एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन्। सुदूरपश्चिमका ३ जना खेलाडीहरु रन आउट भए। प्रतियोगिताको अघिलो संस्करणको फाइनलमा एपिएफले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

एपिएफ समूह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। अर्को सेमिफाइनलमा अहिले प्रदेश १ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। यो खेलको विजेता टोलीसंग एपीएफले आइतबार फाइनल खेल खेल्नेछ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...