News Portal

  • नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपालमा पनि जोखिम

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन। नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ।

    चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ। भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ।

    जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ। जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ। उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन।

    भाइरस पटकपटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन्। यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो। कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन्। यो खबर आजको राजधानीदैनिकमा छापिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...