News Portal

डा.दिलीप कुमार मल्लको “पाउ हजुरको” गीतमा बेनिशा हमालको अभिनय (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७६४ पटक

काठमाडौं – ठकुरी जातिको भाषा, संस्कार, कला र संस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत “पाउ हजुरको” म्यूजिक भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। उक्त गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका छन भने, डा.दिलीप कुमार मल्लले शब्द कोरेका हुन।

सो गीतको म्यूजिक भिडियोमा बेनिशा हमाल ठकुरी, दिलीप कुमार मल्ल, सोमराज शाह, विश्वास सिंह ठकुरी, मिसा शाह, रोजा अवाले, निकी बज्राचार्य, सुरबी मगर र रुक्साना महर्जनको अभिनय देख्न सकिन्छ।

शेर शाहीद्वारा निर्देशित सो गीतको भिडियोमा स्वोजन रघुवंशीको कोरियोग्राफी, दिलीपकुमार मल्लको निर्माण, दिपक गिरीको छायांकन, मिलन विक्रम शाहको सम्पादनमा ओएसआर डिजीटलको अफिसियल यूटूब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

हेरौ उक्त गीतको पुरा म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...