News Portal

काठमाडौँ उपत्यकामा २४ घण्टामा थपिए २८७ कोरोना संक्रमित

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् ।

काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।२४ घण्टामा १ हजार २९ कोरोनामुक्त, १६ को मृत्यु

२४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३९२ जना घर फर्किसकेका छन् ।त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...