News Portal

गायक केशव राई र गायिका रचना रिमालको “पुर्वैमा राम्रो इलाम” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६४ पटक

काठमाण्डौ – पूर्वेली गीत “पूर्वैमा राम्रो इलाम, कुरोमा कानी मिलाम्” युवा गायक केशव राई र रचना रिमालको युगल आवाजमा रहेको पूर्वेली गीत आज गायक केशव राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

सार्वजनिक म्युजिक भिडियोमा नयाँ प्रविघिको प्रयोग गरिएको छ। गायक केशव राई लामो समयदेखि प्रदेशी भूमिमा मकाउमा रहेर पनि नेपाली साँगीतिक क्षेत्रमा विशेष योगदान दिइरहेका युवा गायक हुन्। पूर्वेली म्युजिक अवार्डका विजेता गायक राईले एक पछि अर्को नयाँ म्युजिक भिडियो दर्शक श्रोता माँझ सार्वजनिक गर्दै आइरहेका छन्। सार्वजनिक म्युजिक भिडियो पनी यसैको निरन्तरता भएको गायक राईले हिमाली संचार डटकमसंग बताए। 

युवा साहित्यकार सन्देश तामाङको शब्द रचना रहेको गीतका सेवा रेकर्डिङ स्टुडियो अनाम नगर काठमाण्डौमा पदम राजन मगरले रेकर्डिङ गरेका सार्वजनिक म्युजिक भिडियोको निर्देशक आरएन क्षेत्रीले गरेका हुन्। संगीत साथै एरेन्जर दुर्गा साउदले गरेका हुन् भने प्रमुख छायांकन कुमार साम्पाङ र जस्केलो क्रेशन र मकाउबाट सन्जिब कोयी राईले समेत छायांकन गरेका हुन्।

गायक राईले विशेष धन्याबाद सुरेश चन्द्र दहाल (इटहरी), निर्मल राई (अमेरिका), जिएस राई (अमेरिका), कमल राई (युके), सर्वधन राई (युके), किरात राई यायोक्खा मकाउ, किरात कुमार राई (मकाउ), मंगल राई (मकाउ), सन्जिब कोयी (मकाउ), जीवन मुकारुङ (काठमाण्डौ), अशोक मुकारुङ (काठमाण्डौ), मेनुका राई (काठमाण्डौ), दिपा खालिङ राई (धनकुटा) साथै धन्याबादका लागि देभिका राई (कुवेत), अनिता राई (कुवेत), रेश्मा राई (काठमाण्डौ), कुमार राई (बाल) मलेशिया, लब्लली तुलसी (मलेशिया), दिपक बिजी, संगीतकार देवेन्द्र धर्नाल, सन्तोष लिम्बु (मलेशिया) लगायदका व्यक्तित्वहरुलाई आभार व्यक्त गरेका छन् । 

म्युजि भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...