News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धरानमा विद्यालय संचालन: अभिभावक चिन्तित, स्वास्थ्य मन्त्रालयद्वारा विद्यालय सञ्चालन नगर्न आग्रह

    हिमालीसंचार संवाददाता
    ३९५ पटक

    धरान – कोरोना महामारीको जोखिम मोलेर विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा धरानका अभिभावकहरु नभएको धरान ‘अभिभावक विद्यार्थी परिवार’ले बताएको छ।

    कोरोना महामारी नियन्त्रणमा आइ नसकेको बेलामा धरान उपमहानगरपालिका र विद्यालय सञ्चालकले एकतर्फी निर्णय गरेको भन्दै जोखिम माथि जोखिम मोल्न विद्यार्थीलाई विद्यालय नपठाउने बताउँदै आएका छन्।

    हाम्रा छोरा छोरीको जिम्मा कसले लिन्छ ? धरानका मेयरले? की विद्यालय सञ्चालकले ? अभिभावकको प्रश्न रहेको छ। स्थानीय सरकारले जिम्मा लिन्छ भनौँ भने नगरप्रमुख स्तरीय निर्णय भनिएको छ यो कस्तो निर्णय हो ? ‘जोखिम हुँदै विद्यालय सञ्चालन गरेर झन् जोखिम निम्त्याउनु ठिक होइन’ एक अभिभावकले भने।

    स्वास्थ्य विज्ञहरूले कोरोना खतरा अझै कम नभएको भनेर भनिरहँदा हाम्रा पालिका र विद्यालयले अभिभावकलाई जिम्मेवारी थुपारेर आफू चाहिँ जिम्मेवारीबाट पन्छिन खोजेको धरान अभिभावक विद्यार्थी परिवारहरुले बताई रहेका छन्। ‘यो कदापि सह्य हुन्न, पालिका तथा विद्यालय जिम्मेवारीबाट कदापि भाग्न मिल्दैन’।

    वहस विद्यालय खोल्ने भन्दा पनि विद्यार्थीलाई यो समयमा कसरी सिकाउने भन्नेमा केन्द्रित हुनुपर्छ। अब सम्पूर्ण सरोकारवाला शिक्षण सिकाइका वैकल्पिक विधिहरू पनि प्रभावकारी हुँदै गएको अवस्था र हुन नसकेका भए कसरी थप प्रभावकारी बनाउने भन्नेमा बहस हुनु जरुरी देखिएको बेलामा यसरी भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याउनु जोखिम भएको अभिभावकको भनाई छ।

    विद्यालय तत्काल खोले पनि अधिकांश अभिभावकहरू भयभीत अवस्थामै रहेका र आफ्नो छोराछोरी विद्यालय कसरी पठाउनु भन्नेमा चिन्तित रहेको बताउँदै उनले भने “वार्षिक शुल्कको विषयमा पलिकाबाट ल्याइएको मोडालिटी एकदमै स्वागत योग्य भएता पनि मासिक शुल्कको विषयमा भने अझै अन्यौलता नै देखिन्छ।” धरान उपमहानगरपालिकाको नगरप्रमुख स्तरीय निर्णयको धरान अभिभावक विद्यार्थी परिवारले खण्डन समेत गरिसकेको छ।

    स्वास्थ्य मन्त्रालयको विद्यालय सञ्चालन नगर्न आग्रह 

    जोखिम मोलेर विद्यालय सञ्चालन गर्ने निर्णयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालय स्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति समेत जनाएको छ।

    प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन्।‘आधिकारिक निकायले अनुमति नदिईकन कक्षा सञ्चालन गर्नु हुँदैन। घरमै बसिरहेका बालबालिकालाई समेत सङ्क्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा सङ्क्रमण बढ्न सक्छ। अभिभावकमासमेत सङ्क्रमणको जोखिम बढाउँछ।’

    गौतमले कोरोना सङ्क्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम झन् बढ्ने बताए। ‘सरकारले कोरोना सङ्क्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो।

    शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन्। पठनपाठनसमेत सुरु भइसकेको छ। रासस

    प्रतिकृया दिनुहोस्

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...