News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कर्णालीमा एक वर्षमा ४९ जना नयाँ कुष्ठरोगी फेला

    हिमालीसंचार संवाददाता
    २८९ पटक

    वीरेन्द्रनगर – कर्णाली प्रदेशमा एक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ।

    कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफले सबैभन्दा धेरै सुर्खेतमा १४ जना नयाँ विरामी भेटिएको जनाएको छ। जाजरकोटमा १३, सल्यानमा २, कालिकोटमा ६ र जुम्लामा १ नयाँ बिरामी फेला परेका छन्।

    कर्णालीका सुर्खेतसहित दैलेख, जाजरकोट र कालिकोट कुष्ठरोगको जोखिममा रहेको जिल्लामा परेका छन्। आर्इएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका १० जना विरामीले पनि सेवा लिएको अस्पतालले जनाएको छ। प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ।

    साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले कर्णालीमा ६० जनाको हाराहारी बर्षमा नयाँ कुष्ठरोगका विरामी देखिने गरेको बताउनुभयो। उहाँले यो बर्ष कोरोना माहामारीका कारण धेरैले सेवा लिन नपाएकाले विरामीको संख्यामा कमी आएको बताउनुभयो।

    विरामीमध्ये अधिकांश १५ देखि ५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष उमेरमाथीका ६ र एकदेखि १४ वर्ष उमेर समूहका ४ जना रहेका बताउनुभयो। नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्। एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा १० हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...