News Portal

मकाउ सिभिल सर्भेन्ट एसोसिएशनद्वारा सुदर्शन थापा मगर सम्मानित, नेपाली साँस्कृतिक नृत्य प्रस्तुत

हिमालीसंचार संवाददाता
१४४४ पटक

मकाउ – मकाउका चर्चित “मकाउ सर्भेन्ट एसोसिएशन” (एटीएफपीएम) मकाउद्वारा नया वर्ष तथा मेरी क्रिसमसको पूर्व सन्ध्यामा आयोजित एक विशेष कार्यक्रममा “एटीएफपीएम) को अध्यक्षद्वारा नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगरलाई सम्मान गरेको छ। 

सम्मानित थापा मगर गैरआवासीय नेपाली संघ मकाउका दुई कार्यकाल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष, नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष साथै विभिन्न संध संस्थाका नेतृत्व गरिसकेका व्यक्तित्व हुन्। आयोजित कार्यक्रममा नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष समेत रहेका थापा मगरको नेतृत्वमा नेपाली साँस्कृत नृत्य समेत प्रदर्शन गरिएको थियो।

कलाकार सुशिला राई, विष्णु थापा, संगीता खनाल र सुनीता अधिकारीले नेपाली मौलिक भेषभूषामा सांस्कृतिक नृत्य प्रस्तुत गरेका हुन्। नेपाली मौलिक भेषभूषामा सुसज्जित कलाकारहरुको नृत्यले कार्यक्रममा सहभागीहरुको मन खिचेको थियो

मकाउका विधान सभाका माननीय जोस मारिया पेरियरा कौटिन्होलाई अध्यक्ष थापा मगरले नेपाली समुदायको तर्फबाट नेपाली ढाका टोपी ओढाएर सम्मान दिएका थिए। उनी मकाउका कुशल राजनीतिज्ञ साथै पोर्तुगाली समुदायका परामर्शदाता, न्यायशात्री, मकाउ सिभिल सर्भेन्ट्स एसोसिएशनका पूर्व अध्यक्ष र लोकतन्त्र समर्थक पार्टी न्यू होपका अध्यक्ष र सन २००५ सालदेखि मकाउका विधान सभाका उपसभापति रहेका छन्। 

आयोजित कार्यक्रममा नेपाली समुदायको तर्फबाट नेपाली मौलिक नृत्य प्रस्तुत गरेका कलाकार बहिनीहरुलाई अध्यक्ष थापा मगरले हृदयदेखि आभार प्रकट गरेका छन्। आफ्नो व्यास्त समयको खातिर आयोजित कार्यक्रममा नेपालीहरुको साँस्कृतिक नाच प्रस्तुत गरेर आफ्नो पहिचान दिएको खण्डमा धन्याबाद दिएका हुन्।

फोटो फिचर 

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...