News Portal

मकाउ सिभिल सर्भेन्ट एसोसिएशनद्वारा सुदर्शन थापा मगर सम्मानित, नेपाली साँस्कृतिक नृत्य प्रस्तुत

हिमालीसंचार संवाददाता
१५२९ पटक

मकाउ – मकाउका चर्चित “मकाउ सर्भेन्ट एसोसिएशन” (एटीएफपीएम) मकाउद्वारा नया वर्ष तथा मेरी क्रिसमसको पूर्व सन्ध्यामा आयोजित एक विशेष कार्यक्रममा “एटीएफपीएम) को अध्यक्षद्वारा नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगरलाई सम्मान गरेको छ। 

सम्मानित थापा मगर गैरआवासीय नेपाली संघ मकाउका दुई कार्यकाल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष, नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष साथै विभिन्न संध संस्थाका नेतृत्व गरिसकेका व्यक्तित्व हुन्। आयोजित कार्यक्रममा नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष समेत रहेका थापा मगरको नेतृत्वमा नेपाली साँस्कृत नृत्य समेत प्रदर्शन गरिएको थियो।

कलाकार सुशिला राई, विष्णु थापा, संगीता खनाल र सुनीता अधिकारीले नेपाली मौलिक भेषभूषामा सांस्कृतिक नृत्य प्रस्तुत गरेका हुन्। नेपाली मौलिक भेषभूषामा सुसज्जित कलाकारहरुको नृत्यले कार्यक्रममा सहभागीहरुको मन खिचेको थियो

मकाउका विधान सभाका माननीय जोस मारिया पेरियरा कौटिन्होलाई अध्यक्ष थापा मगरले नेपाली समुदायको तर्फबाट नेपाली ढाका टोपी ओढाएर सम्मान दिएका थिए। उनी मकाउका कुशल राजनीतिज्ञ साथै पोर्तुगाली समुदायका परामर्शदाता, न्यायशात्री, मकाउ सिभिल सर्भेन्ट्स एसोसिएशनका पूर्व अध्यक्ष र लोकतन्त्र समर्थक पार्टी न्यू होपका अध्यक्ष र सन २००५ सालदेखि मकाउका विधान सभाका उपसभापति रहेका छन्। 

आयोजित कार्यक्रममा नेपाली समुदायको तर्फबाट नेपाली मौलिक नृत्य प्रस्तुत गरेका कलाकार बहिनीहरुलाई अध्यक्ष थापा मगरले हृदयदेखि आभार प्रकट गरेका छन्। आफ्नो व्यास्त समयको खातिर आयोजित कार्यक्रममा नेपालीहरुको साँस्कृतिक नाच प्रस्तुत गरेर आफ्नो पहिचान दिएको खण्डमा धन्याबाद दिएका हुन्।

फोटो फिचर 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...