News Portal

  • अनुराग थापा मगर र प्रिती आलेको स्वरमा रामजी खाड अभिनित “माकुरी जाल बुन” सार्बजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७१९ पटक

    राजु बोहरा/काठमाडौँ – मानिसलाई खानाको परिकारमा बिभिन्न स्वादको आवस्यक परे जस्तै गीत संगीत सुन्न र हेर्नमा पनि मान्छे अनुसार फरक-फरक स्वादको आवस्यक पर्ने गर्दछ । त्यसैले पनि समग्र संगीत पारखीहरुका लागि आफ्नो तर्फबाट फरक र उत्कृष्ट स्वाद पस्किन कलाकारहरु खाइनखाई जुटिरहेका हुन्छन् । यसै क्रममा बिभिन्न गीत संगीतहरु आउने क्रममा गायक अनुराग थापा मगरको प्रयास बाट फेरी अर्को अत्यन्तै फरक शैलीको गीत लोक दोहोरी गीत “माकुरी जाल बुन” भर्खरै बजारमा आएको छ ।

    बहुचर्चित सर्जक एक नारायण भण्डारीको लय तथा शब्द सृजनामा रहेको यस गीतमा प्रीति आले र गायक अनुराग थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर अहिले नेपाली सांगीतिक बजारमा छाएको छ ।

    भिडियोमा बहुचर्चित गायक तथा मोडेल रामजी खांड,आरुशी मगर संगै दल मगर र मुना मगरको सुन्दर अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने प्रबीन रेश्मी मगरले सम्पादन गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...