News Portal

माननीय राजन राईको नयाँ गीत, “एउटा तक्मा” झुण्ड्याएर सार्वजनिक म्युजिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२४१ पटक

काठमाण्डौ – चर्चित गीतकारका रुपमा राम्रो परिचय बनाएका युवा साहित्यकार राजन राईले नया गीत बजारमा ल्याएका छन् । खोटाङ जिल्लाबाट १ नम्बर प्रदेश सभा सदस्य तथा गीतकार राजन राईको शब्द रचना रहेको ‘एउटा तक्मा’ कन्काइस्ट राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

सार्वजनिक गीतको संगीत डाक्टर किरातले गरेका हुन् ।यूवा गायक तथा संगीतकार कनकाईष्ट राईको स्वरमा रहेको गीतको ऐरेन्ज लाहाङ सुब्बाले गरेका छन् । मिन विष्टले मिक्सिङ मास्टरिङ गरेका हुन्। 

भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा रेर्कड गरिएको गीतमा गीतकार राईले (गोर्खाली) नेपाली लाहुरे पूर्खाको सम्झनामा हजारौँ अग्रज गोर्खाली सेनाको वीरताको गाथाको बास्तविक कथामा आधारित रहेर यो ऐतिहासिक गीत रचना गरेका छन् । 

गीतको प्रारम्भदेखि अन्त्य सम्म ऐतिहासिक कथा समेटिएको गीतमा गोर्खाली सेनाहरुले वीरता पूर्वक लड्दा लड्दै हात खुट्टा गुमाएको गम्भीर विषयको उजागर गरेका छन् । आफ्नो महत्वपूर्ण अंग हात खुट्टा गुमाएर “एउटा तक्मा” झुण्ड्याएर धर फर्किएको स्मरण गर्दै हजुर आमाले गरेको वर्णन गीतका हरफहरुमा पाईन्छ ।

नेपालको आदिवासी समूदायहरु विशेष गरेर विदेशी सेनामा भर्ना हुने तर त्यसको प्रतिफल आफ्नो ज्यान गुमाउने अन्तत खाली हात स्वदेश फर्कनुको पि’डा गीतले वास्तविक चित्रण गरेको पाइन्छ ।

पारिवारीक पृष्ठभूमी लाहुरे परिवार भएर पनि माननीय राईले आफ्नो समाज संस्कृतिलाई छा्ड्न नसकेर विदेशको आईडी त्यागेका, उहाँ सानै उमेरदेखि साहित्य तर्फ इच्छुक राईले गीत लेखकको रुपमा स्थापित हुँदै राजनीतिक विद्यार्थी संगठनमा आवद्ध हुँदै दुवै क्षेत्रमा सफलता प्राप्त गर्दै आएका छन्। 

गीतकार राईले “जीन्दगी यो फुलैफुलको थुगो हुँदैन” भन्ने जस्ता चर्चित गीत लेख्न सफल गीतकार हुन्। गीतकार तथा राजनीतिज्ञ माननीय राजन राई हाल नेकपाको केन्द्रिय सदस्य तथा प्रदेश-१ प्रत्यक्ष तर्फबाट निर्वाचित माननीय समेत हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...