News Portal

  • रेडक्रसद्धारा प्रदेश-१ सरकारलाई १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    २९७ पटक

    विराटनगर– प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एक थान भेन्टिेलेटर प्रदान गरेको छ ।

    यस्तै, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चश्मा गरी १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गरेका हुन्।

    नेपाल रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताइन । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिता लागि वितरण बताईन।

    नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पुर्याउने काम गरिएको बताइन ।

    कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले बताए

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ९ गतेको राशिफल

    आज असार ९, २०८२ (जुन २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

    काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक...

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध...

    नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र...