News Portal

  • नितिका एण्ड राज कन्ट्रक्सनले ईन्जिनियरलाई अटेर गर्देे पुनः सडक निर्माण

    हिमालीसंचार संवाददाता
    ३९० पटक

    रबिन्द्र बराल माेरङकाे- रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्काकाे सम्झौता पाएकाे थियो ।

    निकिताले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हाल सम्म पनि उक्त सडककाे काम सम्पन्न हुन सकेको छैन । साे कम्पनीले कालाेे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेेकाे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे खवर विभिन्न अनलाइनमा समचार समप्रेसण भए पछि आईतबार नगरपालिकाका ईन्जिनियर श्याम सिहं लगायतकाेे टाेलिले उक्त सडकाे निरिक्षण गरेका थिए ।

    ईन्जिनियरले साे सडक पुनः राम्रोसंग सफा  माटाेकाे मिस्रण हटाएर मात्रै पुनः प्राईम काेड लगाउन निर्देशन दिएता पनि निकिता एण्ड राज कन्ट्रक्सनका प्रमुख दिनेश साहले भने ईन्जिनियरकाे निर्देशन लाई अटेर गर्दे उक्त कम्पनीले पुनः साेमबार राति ५ बजे साे सडकमा पुनः प्राईम काेड लगाएका छन । यसरी ठेक्केदार कम्पनीले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समय सम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ । साे बिषयमा जानकारी लिदा ठेक्केदार दिनेेश साहले भने आफुुले साे सडक राम्रोसँग सफा गरेर प्राईम काेेड गरेको भन्दैै पन्छिन खाेेेेजे ।

    साे ठेक्केदार कम्पनीले सडक निर्माणकार्य गर्दा उक्त सडककाे कुल लागत , ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधिकाे बारेमा सबै स्थानीय लाई जानकारी गराउन सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनीले भने सुचना पाटि समेत कुनै ठाउँमा नरहेको स्थानीयले बताए । बारम्बार यस्तो लापरबाही गर्ने ठेक्केेेेदार कम्पनीलाई नगरपालिकाले कस्तो कार्वाही त्याे भने हेर्ने बाँकी रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...