News Portal

संसद बिघटनदेखि संकटकाल घोषणासम्मको प्रधानमन्त्री केपी शर्माकाे तयारी

हिमालीसंचार संवाददाता
५६९ पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ। नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेट गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ।

प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे। ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन्।

देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ। त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। यो भेटबारे बताउन नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन्।

नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ। यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन्। उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ। यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो, समाप्त भएको भने होइन।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...