News Portal

चितवनमा नेकपाकै कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई लखेटे

हिमालीसंचार संवाददाता
५७६ पटक

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै (नेकपाकै) कार्यकर्ताहरुले लखेटेका छन्। चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै लखेटेका हुन्।

राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पूर्वमन्त्री पाण्डेले विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, उनले विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताहरुले लखेटको बताइएको छ।

कार्यक्रममा नेता पाण्डेले विकास आयोजनाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्रीलाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ। नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको समेत एक कार्यकर्ताले बताए।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...