News Portal

मालपोत तुलसीपुरका सुब्बा र सहयोगी ३ लाख बढी रकम घूससहित पक्राउ

हिमालीसंचार संवाददाता
४२६ पटक

दाङ – मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार उनिहरुलाई पक्राउ गरेको हो।

मालपोत कार्यालयको तामेली फाँटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुले नापी नभएको जग्गाको नापनक्सा बनाई पुर्जा बनाइदिने भन्दै घूस रकम मागेको गोप्य सूचनाको आधारमा गएको टोलीले ३ लाख २० हजार नगदसहित पक्राउ गरेको अख्तियारले जनाएको छ।

पक्राउ परेका उनीलाई नेपालगञ्ज कार्यालयमा राखेर अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...