News Portal

  • गायक केशव राईको “जुनेली माया” उत्कृष्ट घोषित (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५२२ पटक

    काठमाण्डौ – पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड विभिन्न २२ विधामा प्रदान गरेका विधामध्ये गायक तर्फ गायक केशव राईको “जुनेली माया” २०७७ उत्कृष्ट घोषित भए संगै गायक केशव राईले सम्पूर्ण श्रेय दर्शक श्रोतालाई दिदै सम्पूर्णमा आभार ब्यक्त गरेका छन्। 

    गायक राई लामो समयदेखि प्रदेशी भूमि मकाउमा रहेका छन्।  मकाउमा बसेर नेपाली गीत संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएका राईको “जुनेली माया” रमपम पूर्वेली म्युजिक अवार्ड २०७७ उत्कृष्ट घोषित भएका थिए। राईका धेरै गीतहरु मध्ये “जुनेली माया” गीतले बर्षको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो। 

    गायक राईले जीवनको अविस्मरणीय क्षणहरु मध्ये दर्शक श्रोताको अपार माया, सपोर्ट र हौसला नै “जुनेली माया” गीत उत्कृष्ट बनाई दिएका हुनाले विशेष क्षण मध्येका महत्वपूर्ण अविस्मरणीय क्षण सम्झिदै हिमाली संचारसगको कुराकानीमा गायक राईले दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त समेत गरेका हुन्।

    गायक राई लामो समयदेखि मकाउमा रहेका छन्। प्रदेशी भूमिमा बसेर नेपाली गीतसंगीत प्रतिको लगाव, झुकाव र निरन्तरताले यो सफलता प्राप्त भएको हो। गायक राई मकाउमा रहेका कारण आयोजित कार्यक्रममा सहभागी हुन सकेनन्। गायक राईको प्राप्त अवार्ड र प्रमाणपत्र गायक राईकी आमाले ग्रहण गर्नु भएको थियो । राईले जीवनका महत्वपूर्ण जनअनुमोदित अवार्ड पुज्यनीय श्रद्धेय माताको हातबाट ग्रहण गर्न पाउदा खुशी ब्याक्त गरेका छन्।

    गायक राईले शब्द/संगीतकार जीवी हाङ राई, ऐरेन्जर कृष्ण भक्त राई, गायिका श्रेयसी चेम्जोङ, यस कार्यक्रममा सहभागिताका लागि दरखास्ता फारम भरिदिन विशेष सहयोग गर्नु हुने गायिका मेनुका राई, आयोजक, पत्रकार र विशेष धन्याबाद दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त गरेका छन् । कार्यक्रम पूर्वको इटहरी शहरको होटल बरण्डामा सम्पन्न भएको थियो। 

    उत्कृष्ट घोषित गीत यहाँ सुन्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...