News Portal

स्वीडेमाथि फ्रान्सकाे ४–२ को जित

हिमालीसंचार संवाददाता
४०५ पटक

एजेन्सी – युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे।

स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल फर्काए। खेलको चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल र्गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए।

खेलको ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ ले अघि बढ्यो। जिरुढले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनले फ्रान्सका लागि ४४ गोल गरेका छन्।

खेलको ८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे भने इन्जुरी समयको चौथो मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४-२ ले विजयी भयो।

विजयी भएको फ्रान्स समूह ए थ्रीको शीर्ष स्थानमा छ भने, स्वीडेन रेलिगेशनमा परेको छ। फ्रान्स यसअघि नै आगामी वर्षको नेशन्स लिगको फाइनल चरणका लागि छनौट भएको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...