News Portal

  • स्वीडेमाथि फ्रान्सकाे ४–२ को जित

    हिमालीसंचार संवाददाता
    ३६३ पटक

    एजेन्सी – युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे।

    स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल फर्काए। खेलको चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल र्गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए।

    खेलको ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ ले अघि बढ्यो। जिरुढले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनले फ्रान्सका लागि ४४ गोल गरेका छन्।

    खेलको ८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे भने इन्जुरी समयको चौथो मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४-२ ले विजयी भयो।

    विजयी भएको फ्रान्स समूह ए थ्रीको शीर्ष स्थानमा छ भने, स्वीडेन रेलिगेशनमा परेको छ। फ्रान्स यसअघि नै आगामी वर्षको नेशन्स लिगको फाइनल चरणका लागि छनौट भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...