News Portal

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल पराजित

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा  बंगलादेशसँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा १-० गोलले पछि परेको थियो । दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्दा नेपाल पराजित हुन पुग्यो । पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै, ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए ।

आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै, एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यू गरे । विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यू गर्ने अवसर पाएका हुन् । बंगलादेश र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...