News Portal

“नौ डाँडा पारी” बोलको गीत सार्वजनिक ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
४७२ पटक

काठमाण्डौ – “नौ डाडा पारी” बोलको अत्यान्तै मीठो शब्द-संगीत उस्तै आवाज भित्रको संयोजन मिलेको गीतको म्युजिक भिडियो हालै सुरज कुमार थापाको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

गीतकार मन्जुलको शब्द, बिनोद स्याङ्देनको संगीत अनि लोकप्रीय गायक सुरज कुमार थापाको आवाजमा रहेको गीत यही हप्ता गायक सुरज कुमार थापाको आफ्नै अफिसियल युटुब च्यानल सुरज कुमार थापा’ आधिकारिक युटुब च्यानल मार्फत  गीत सार्वजनिक गरेका हुन्। 

प्रज्ञा एट. डी रेकर्डिङ स्टुडियो थापागाउँमा साउण्ड ईन्जिनियर शम्भु कुमार तण्डुकारले रेकर्डिङ तथा मिक्सिङ गरेको एल्बम “चिनारी” को यो गीतको संगीत संयोजन पनि गायक सुरज कुमार थापाले नै गरेका हुन्।

धमेन महर्जनले छायांकन गरेको यो म्युजिक भिडियोमा देवकी बोहराको साथमा गयक सुरज कुमार थापाकै अभिनय रहेको म्युजिक भिडियोको सम्पादन शिबु श्रेष्ठले गरेका हुन। म्युजिक भिडियोको श्रृङ्गार र कला पक्षमा शरण महर्जन र निरु बस्नेतले सम्पूर्ण भूमिका निर्वाह गरेका छन। निर्देशक सन्तोष बस्नेतले निर्देशन गरेका हुन।

उत्कृष्ट शब्दमा सालिन संगीतले गीतको उचाई माथी पुर्‍याएको उत्तिकै आभाष हुन्छ। उत्कृष्ट श्रेणिको माधुरिय, सालिन अनि भद्र गायकीले शब्द र संगीतको त्यो उचाईँलाई राम्रो संग छोएर गीतलाई अझ जीवन्त तुल्याएको छ।

गायक सुरज कुमार थापाले चर्चित लोकप्रिय “ब्याण्ड” नेपथ्य ब्याण्डको टिममा पनि आवद्ध भई महत्त्वपूर्ण भुमिका खेलिरहेका छन।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...