News Portal

गायक कमल बि.सी.माल्दाई र करिश्मा ढकालको नृत्यमा बबाल मच्चाउने नया तिज गीत बजारमा (भिडियो)

हिमाली सञ्चार संवाददाता
८१० पटक

काठमाडौं – पछिल्लो समयका चर्चित युवा गायक कमल बि.सी. माल्दाईको स्वर तथा अभिनयमा नयाँ तिज गीत सार्वजनिक भएको छ । गायक बिसी र सीता बोहराको आवाजमा “नाँच माया लजाउँदै लजाउँदै” बोलको तिज गीत सार्वजनिक भएको हो । छमछमी नचाउने खालको यस गीतमा स्वयं गायक कमल बि.सी. माल्दाई, करिश्मा ढकाल र बैभव अधिकारीले नृत्य तथा अभिनय गरेका छन ।

अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस गीतको छायाँकन प्रकाश खड्काले गरेका हुन भने सम्पादन राजेश कुमारको रहेको छ । निकै मौलिक धारमा तयार भएको यस गीतको शब्द गायक स्वयं कमल बिसी माल्दाईको रहेको छ भने लय खेम सेन्चुरीको रहेको छ । बागेश्वरी म्युजिकले बजार ब्यवस्थापन गरेको यस गीतको दृश्य निर्माण बि. स्टार फिल्मसले गरेको हो ।

गायक कमल बिसी माल्दाईले गीत निकै मौलिक र छमछमी नचाउने खालको भएकाले सबैले गीत रुचाउने बताउनु भयो । उहाँले आफुले डिजे र समय परिबेशका जति गीतहरु गाएपनि मौलिक धारका गीतहरुलाई आफूले कहिले पनि नबिर्सने बताउनुभयो । गायिक सीता बोहराले आफ्नो दोस्रो तीज गीत सबै स्रोता दर्शकहरुले रुचाउनेमा आफु आशाबादी रहेको बताउनुभयो । गायिका बोहराका छोरा बैभव अधिकारीले यस गीतमा नृत्य समेत गरेका छन ।

यस गीतकी मोडल करिश्मा ढकालले यसबर्ष आफुले नृत्य गरका अन्य गीतहरुमध्ये यो गीतको अडियो नै निकै उत्कृष्ट भएकाले भिडियो झनै उत्कृष्ट बनेको बताईन ।

हेर्नुहोस गीतको पूरा भिडियो।

https://youtu.be/_Zwn3t96hI4

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...