News Portal

भर्चुअल साथीहरुबाट तपाईंलाई जति फाइदा छ, त्यो भन्दा बढी जोखिम

हिमालीसंचार संवाददाता
४८२ पटक

भर्चुअल मित्रताको जोखिम। तपाईंसँग यस्ता अनगिन्ती साथी छन्, जसलाई तपाईंले भौतिक रुपमा देखभेट गर्नुभएको छैन। प्रत्यक्ष संवाद गर्नुभएको छैन । भलाकुसारी गर्नुभएको छैन । साथीको असली स्वरुप कस्तो छ ? स्वभाव कस्तो छ ? व्यवहार कस्तो छ ? यसबारे पनि तपाईं बेखबर हुनुहुन्छ । किनभने ति भर्चुअल साथी हुन्, जोसँग तपाईं सामाजिक सञ्जालमर्फत जोडिनुभयो ।

तपाईंले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्ने क्रममा कोही तपाईंसँग सहमत भएर त कोही असहमत भएर जोडिए । यी साथीहरुसँग तपाईंले वैचारिक विमर्श गर्न सक्नुहुन्छ वा मनको दुःखसुख पोख्न सक्नुहुन्छ । ख्यालठट्टा गर्नुहुन्छ । तर, उनीहरुप्रति पूर्णत भर पर्न सक्नुहुन्न ।

यसरी जोडिन आउने भर्चुअल साथीहरुबाट तपाईंलाई जति फाइदा छ, जोखिम त्यो भन्दा बढी छ ।

दुःखसुखमा साथ दिने भरपर्दो, विश्वासिलो र स्वार्थरहित साथ दिने नै असलमा साथी हुन् । तपाईंसँग जति धेरै यस्ता साथीहरु छन्, जीवन उत्तिनै सहज हुन्छ । असहज परिस्थितीमा तपाईंका लागि उनीहरुले साथ दिन्छन् । तपाईंको खुसीमा रमाउन आइपुग्छन् । तपाईंको गल्ती–कमजोरी सच्याइदिन्छन् । तर, भर्चुअल साथीसँग तपाईंले यस्तो अपेक्षा गर्नु व्यर्थ हुनसक्छ ।

जबकी इन्टरनेटका विभिन्न प्लेटफर्ममा साथीहरूबाट तपाईंबाट तपाईं अरु बढी सर्तक र सजग हुन जरुरी छ । खासगरी विपिरतिलिंगी साथीहरु फरक स्वार्थले जोडिएका हुनसक्छन्, जसबाट तपाईं असुरक्षित हुनसक्नुहुन्छ । पछिल्लो अवस्थामा बढ्दो साइबर क्राइमले पनि यसैको पुष्टि गर्छ ।

तपाईंलाई कुनै रुपले विश्वासमा लिएर, तपाईंका गोपनियता थाहा पाएर, तपाईंमाथि नै व्ल्याकमेलिङ गर्ने संभावना हुन्छ । भर्चुअल साथीसँग जब तपाईंले आफ्नो व्यक्तिगत कुराहरु साझेदार गर्नुहुन्छ, फोटो–भिडियो साझेदार गर्नुहुन्छ, तपाईं असुरक्षा उत्तिनै बढ्छ ।

भर्चुअल साथीले सामान्यतः केही दिन कुरा गरेपछि तपाईंमाथि भेटघाट गर्ने दबाब बढाउन सक्छन् । वा तपाईंको गोप्य कुरा सार्वजनिक गर्ने धम्की दिन सक्छन् । यसरी भावनात्मक रुपमा तपाईंमाथि खेलबाड हुन सक्छ ।

यद्यपि सबै भर्चुअल साथीबाट यस्तै असुरक्षा हुन्छ भन्ने होइन । तर, पछिल्लो समय इन्टरनेटको पहुँच बढ्दै जाँदा र सामाजिक सञ्जालले व्यापकता पाउँदै गर्दा आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले यही माध्यामबाट अनेकन धन्दा चलाइरहेका छन् । यस्ता थुप्रै व्यक्ति सामाजिक सञ्जालमा सल्बलाएका छन्, जसले हामीलाई शिकार बनाउने जोखिम छ ।

के छ सुरक्षा उपाय ?

केही साथी निकटका बन्नसक्छन् । तिनलाई नजिक राख्नु त पर्छ तर उनीहरूमाथि निर्भर हुनुहुँदैन । कतिपय अवस्थामा आफ्ना साथमा रहेका साथीभाइसँग कुरा गर्न छाडेर भर्चुअल साथीसँग गफगाफमा भुलिने बानी पनि धेरैमा हुन्छ ।

आफ्नो जीवनमा कुनै निजी रहस्य हरेकको हुनसक्छ । कतिपय कुरा त्यस्ता हुन्छन् जुन कसैसँग पनि सेयर नगर्नु राम्रो हुन्छ अथवा आफ्नो परिवार अथवा विशेष साथीसँग मात्रै भन्न सकिने खालको हुन्छ । कुरैकुरामा भावुक बनेर त्यस्ता रहस्य भर्चुअल साथीसँग खोल्नुहुँदैन । उनीहरूले बनावटी कुरा गरेर कुनै रहस्य खोतलेर तपाईसँग पनि त्यस्तै अपेक्षा गरेर फाइदा उठाउन पो खोजिरहेका छन् कि भन्नेतर्फ सजग रहनुपर्छ ।

कहिलेकाहीँ फुटानी झार्ने वा भावनामा बगेर त्यस्तो कुनै कुरा गर्नुहुँदैन जसले गर्दा उसले तपाईंमाथि सजिलै आपराधिक कर्म गर्न सहज होस् । भर्चुअल साथीलाई आफ्नो वास्तविक ठेगाना, स्कुल, कलेज अफिस तथा घर आउनेजाने ठीक समय, परिवारको विषयमा जानकारी, परिवारको काम, बानीव्यवहार, धनसम्पत्ति, एकाउन्ट, पासवर्ड तथा आफ्नो यात्राको विषयमा कुनै जानकारी दिनु उचित हुँदैन ।

सकेसम्म भिडियो च्याटिंग नगर्ने किनभने उनीहरूले तपार्इंको तस्बिर चाहेका हुनसक्छन् । भिडियो च्याट गर्ने माग गरेका अवस्थमा समझदारीपूर्वक काम लिनु बुद्धिमानी हुन्छ । उनीहरूको जे माग अनुचित लाग्छ त्यस्तो मागलार्य नकार्न सक्नुपर्छ, नाइँ भन्न सक्नुपर्छ ।

तपाईंको भर्चुअल साथीले कहिलेकाहीँ  कुनै दुःखपूर्ण कहानी सुनाएर तपाईंको भरोसा तथा विश्वास जित्ने प्रयास गर्नसक्छ, तपाईंको मन पगालेर फाइदा लुट्ने कोशिश  गर्नुपर्छ । यस्तोमा उसको कुराकानीबाट पग्लेर आर्थिक सहयोग गर्न अघि सर्नुभयो भने तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ ।

अनलाइनबाट साथी बनेका कतिपय साथीहरूको मनोवृत्ति आपराधिक हुनसक्छ । उनीहरूले कुनै मनगढन्ते कथा सुनाएर अपराधको घटना घटाउनसक्छन् । तसर्थ हरेक पाइलामा सावधान रहनुपर्छ, आँखा चिम्लेर उनीहरूमाथि विश्वास गर्नुहुँदैन ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...