News Portal

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

हिमालीसंचार संवाददाता
६१६ पटक

काठमाडौँ – कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ। शुद्धोधन गाँउपालिका-६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो।

बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिकाकै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन्।

आफूलाई बचाउने प्रयासमा युवती गम्भीर घाइते भएकी छन्। युवतीले प्रतीकार गरेपछि ती दुई युवाले युवतीमाथ कुटपीट गरेका थिए। घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको नेपालसमाचारपत्रमा खबर छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...