News Portal

खाली पेटमा पानी पिउँदा यस्ता हुन्छन फाईदा !

हिमालीसंचार संवाददाता
८२७ पटक

काठमाडौँ – पानी मानव जीवनका लागि नभइ नहुने पदार्थ हो। पानीको मात्रामा बढाएमा अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन्। अझै बिहान उठ्नेबितिकै खाली पेटमा पानी पिउँनाले पेटका अधिकांश समस्याहरु आउँदैनन्। बिहान खाली पेटमा मनतातो पानी पिउँनुका फाइदाहरु निम्नानुसार छन्:

आन्द्रामा फ्लस !
खाली पेटमा प्रशस्त पानी पिउँनाले पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। तपाईलाई एकाबिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मनतातो पानी खाली पेट पिउँदा खुलेर शौच आउँछ।

शरीरका विकार फालिदिन्छ !
शौचालय जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिन्छ। जतिधेरै पानी पिउँनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउँछ !
नियमित खाना खानु महत्वपूर्ण हुन्छ तर, भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउँदा तपाईंको भोक जाग्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास मनतातो पानी पिउँनुहोस् जसले गर्दा तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउँछ !
मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउँनु पनि एक हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ, बिहान उठ्नेवित्तिकै पानी पिउँनुभयो भने यो समस्याबाट विस्तारै मुक्ति मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउँछ।

कोलोन सफा गर्छ !
खाली पेट पानी पिउँदा कोलोन पेटमा रहेका विकार सफा गरिदिन्छ। एक गिलास पानी खाली पेटमा पिउँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउँछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ !
यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी पिउँनु उत्तम उपाय हो। पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। यसको अर्थ तपाईले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउँछ !
यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पानी पिउँनुहोस। खाली पेट पानी पिउँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ। जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रवाह हुन्छ। यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउँछ !
खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढाउछ। शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ तर, प्रशस्त पानी पिउँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउँछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ !
समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन। दिनहुँ खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्ने सम्भावना न्यून हुन्छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...