News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • श्रीमानको मृत्युपश्चात् ८० जनासँग ‘लसपस’

    हिमालीसंचार संवाददाता
    ९०४ पटक

    एजेन्सी – एकजना डाक्टरकी विधवा महिलाले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन्। ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन्।

    उनका अनुसार भ्यालेन्टाइन डेपछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध खोज्ने समय भएकाले उनी व्यस्त हुन्छन्। उनले आफूलाई सेक्स थेरापिष्ट बताउँदै आफ्नो र ती विवाहित पुरुषबीचको चिटिंग सम्बन्ध थाहा पाए पनि उनीहरुका श्रीमतीहरुले सेक्स (यौन)कै कारण विरोध गर्न नसकेको बताइन्।

    मानिसहरुले आफूलाई धेरै सोच्न नहुने तर सेक्सचाहिँ धेरै गर्नुपर्ने उनको सल्लाह छ। जीवन एकदमै छोटो रहेको भन्दै उनी सेक्सलाई एक जनासँग मात्रै सीमित गर्न नहुने सुझाव दिन्छिन्। उनी बेलायतको नर्थ योर्कशायरस्थित हारोटेजमा बस्छिन्।

    उनले आफ्नो विवाहको पछिल्लो वर्ष पहिलोपटक श्रीमानलाई चिट गरेकी थिइन्। जसको सन् २००४ मार्चमा ३४ वर्षकै उमेरमा मृत्यु भएको थियो, उनी नै भेल्डेको अन्तिम श्रीमान थिए। श्रीमानको मृत्युले जीवनपर्यन्त महत्वपूर्ण समयलाई छोपिहाल्ने पाठ सिकाएको उनको दाबी छ।

    ५०औँ वर्षसम्म एउटैसँगको शारीरिक सम्बन्ध एकदमै दिक्क लाग्दो हुने उनी बताउँछिन्। धेरैभन्दा धेरै पुरुषहरुले श्रीमतीलाई चिट गर्ने भन्दै उनले आफूले गरेको कार्यको बचाउ गरिन्। आफूले सम्बन्ध राखेकामध्ये सबै पुरुषहरुले श्रीमतीमाथि चिट गरेको उनले खुलासा गरिन्।

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...