News Portal

साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयले हात पारे

हिमालीसंचार संवाददाता
५३६ पटक

विनोद परियार/रुपन्देही – बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज-२०२० को उपाधि बुटवलका सञ्जय परियारले हात पारेका छन्। ह्याप्पी साईक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन।

उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन। उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे। बुटवलका समिर रायनले २१.३४ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हाँसिल गरे। उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे। दुबै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन।

यसैगरि बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हासिल गरेका छन। उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन। कोरोना महामारीका बेलामा साईक्लिङले शारीरिक तदुरुस्ती कायम गर्न मदत पुर्याउने भएकाले पछिल्लो समय साईकलप्रति मोह जागेको छ।

साइक्लिङको मोहसँगै यसको प्रवद्र्धन गर्ने उदेश्यले क्रस कन्ट्री रेस फेस्टिबल गरिएको हो। भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए।

रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...