News Portal

२४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४६१ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो।

पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ। २३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थियो।

ललितपुरका ८० वर्षीय पुरषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ। २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खैरहनी, चितवनका ६८ वर्षीया महिलाको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र मुटुमा समस्या भएर २४ असोजमा अस्पताल भर्ना भएकी उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलासम्बन्धी रोग समते थियो।

खैरहनी नगरपालिका-१२, चितवनका ४१ वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनलाई २ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वडा नम्बर १२ का वडा सदस्य समेत हुन् ।

सिनामंगल, काठमाडौंका ६६ वर्षीय पुरुषको शनिबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भउएको थियो ।

इनचो, भक्तपुरका ७० वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई २९ असोजमा कोरोना संक्रमण संक्रमण पुष्टि भएको थियो ।

पाँचखाल, काभ्रेका ७३ वर्षीय पुरुषको शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको छ । दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।

धादिङका ४५ वर्षीय पुरुषको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी २७ असोजमा अस्पताल भर्ना भएका थिए ।

रेसुंगा नगरपालिका-३, गुल्मीका ५३ वर्षीया महिलाको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । उनी असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी पोखरा महानगरपालिका-३, कास्कीकी ५६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको साँझ मृत्यु भएको थियो ।

सूर्याेदय नगरपालिका- १२, इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । चार दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकी उनको दुबै मिर्गौलाले काम गर्न छाडेको थियो ।

तिरहुत-३, सप्तरीका ५० वर्षीय पुरषको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...