News Portal

पूर्वेली लोकगीत “ताप्लेजुङको पाथिभरा…” गायक केशव राई सर्वोत्कृष्ट घोषित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८८७ पटक

काठमाण्डौ – नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय गायक केशव राई नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट पूर्वेली लोक गायकतर्फ गायक केशव राई सर्वोत्कृष्ट धोषित भएको छ। यस लोकगीतमा संगीत र शब्द रचना राजु आङ्देबेको रचना रहेको लोकगीतमा गायिका जुनी खालिङ राईले साथ दिएकी छिन् ।

विगत लामो समयदेखि प्रदेशी भूमि मकाउमा रहेर पनि निरन्तर नेपाली गीतसंगीतलाई नया नया कोशेली प्रदान गरिरहेका गायाक राईले नेपाली गीतसंगीत क्षेत्रमा लागेका नया पुस्तालाई समेत हौसला प्रदान गर्दै आएका छन् । गायक राईले सांगीतिक यात्रामा भेटिएका जानेको अनुभव र सकेको सहयोग समेत गर्दै आएका छन्। 

नेपाली गीतसंगीत, माटोप्रतिको मायालाई गाउदै आफनो गायिकी माध्यमबाट आमदर्शक तथा स्रोता माझँमा आफनो परिचय दिदै आइरहेका गायक राईको विशिष्ट कला रहेको छ। गायक राई यस बर्षको अवार्डको विजेता भएपछि आफुलाई अवार्डले अझ नेपाली गीतसंगीतमा थप हौषला, अझ चुनौती थपिएको हिमाली संचारसंगको अन्तर समंवादमा बताए। 

गायक राईले यो विशेष महत्वका अवार्ड दिलाउनको लागि सहयोग गर्नु हुने भगवानरुपी आमदर्शक तथा स्रोताहरुलाई हृदयदेखि नै आभार ब्याक्त गरेका छन्। यो महामारीवीच आयोजकले कलाकारको सम्मान स्वरुप नतीजा सार्वजनिक गर्न ठुलो चुनौती रहेता पनि आयोजक सफल भएको गायक राईको उक्ति रहेको छ।

अवार्ड विजेता भएका गायक राईले नेपाली मौलिक गीतसंगीतको आकासमा थप चुनौती साथै जिम्मेवारी थपिएको महसूस भएको गायक राईले बताए। यो सम्मान संगै नेपाली सागीतिक आकासमा आफ्नो कोशिश रहने समेत बताएका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...