News Portal

प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आयो

हिमालीसंचार संवाददाता
५१६ पटक

सुर्खेत – प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आएको छ। कर्णाली प्रदेशकै एकमात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजि अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो।

१८ लाखको लागतमा एक्सरे मेशिन सुरु भएपछि सेवाग्राहीलाई सेवा दिन सहज भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्पतालले अहिले अन्य सरकारी अस्पताल भन्दापनि सस्तो मुल्यामा भिडियो एक्सरे, ल्याब लगायतका सेवा दिईरहेको जनाएको छ।

यस्तै औषधालयमा अत्याधुनिक डिजिटल ल्याब जडान गरेर सेवासमेत शुरुवात गरिएको छ। अन्य अस्पताल तथा निजि मेडिकल भन्दा छिटो छरितो र सहज रुपमा गुणस्तरिय सेवाहरु प्रदान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो।

उहाँले पहिले नाम मात्रको आयुर्वेदिक औषधालय भएपनि आफु आएपछि धेरै सेवाहरु सुचारु गरिएको दावी गर्नुभयो। उहाँले कोभिड-१९ का कारण आयुर्वेदिक औषधितर्फ आकर्षण बढेको भन्दै सरकारले अव आयुर्वेदिक चिकित्सालाई प्रथामिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ढकालले भौतिक पुर्वाधार लगायतक अन्य सेवाहरुको अभाव हुदाँ सेवालाई अझै प्रभावकारी बनाउन नसकिएको उल्लेख गर्नुभयो। औषधालयले गरिब, असाह, अपाङगता भएका अल्पसंख्यकहरुबाट कुनैपनि शुल्क नलिएर सवै प्रकारका सेवाहरु दिएको जनाएको छ।

यस्तै पछिल्लो समय अस्पतालबाट गुणस्तरिय सेवा दिएपछि सेवाग्राहीको चापसमेत बढ्न थालेको छ तर, भौतिक पुर्वाधार र आवश्यक जनशक्ती अभाव हुदाँ सेवा पुर्याउन निकै कठिन भएको छ।

अहिले औषधालयले ओपिडी, पञ्चकर्मा, क्षारसुत्र, शंख प्रक्षालय, फिजियोथेरापी लगायतका सेवाहरु दिईरहेको छ। सरकारले आयुर्वेदिक क्षेत्रलाई व्यवास्था गर्दा औषधालयमा भएको उपकरण पनि थन्किने अवस्थामा पुगेका छन।

यसैबीच कर्णालीको जडिबुटी प्रशोधन गरी औषधी उत्पादन गर्ने औषधालय स्तरोन्नति गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउने योजना रहेको अस्पतालका डाक्टर प्रमुख डा.शंकर प्रसाद रिजालले बताउनुभयो। उहाँले औषधालयमा हाल कार्यालय प्रमुखसहित ८ जना दरवन्दीका र ८ जना करारका कर्मचारीबाट सेवा दिईरहेको बताउनुभयो।

उहाँले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग थप जनशक्ति र स्रोतसाधनको माग गरिए पनि पूरा नभएको उहाँको भनाइ छ। कोरोना भाईरस संक्रमितहरुलाई आफुहरुले आयुर्वेदक औषधिहरु वितरण गरिएको भएपनि सरकारले अन्य अस्पतालालाई लाखौ रकम दिएको तर आयुर्वेदक औषधालय कति पनि रकम नदिएको भन्दै गुनासो गर्नुभयो।

औषधालय प्रमुख डा.रिजालले जनशक्ति र स्रोतसाधन अभावले स्थानीयस्तरमा उपलब्ध जडीबुटीको सङ्कलन, प्रशोधन गर्न नसकिएको बताउनुभयो। आयुर्वेद औषधि भरपर्दो र स्थानीयको पहिलो रोजाइ बन्ने गरेको भएपनि सरकारले उचित नीति तथा कार्यक्रम ल्याउन नस्कदा समस्या भएको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...