News Portal

लमजुङको अर्खलेबेंसी–स्याँगेमा बाढीपहिरो

पहिरोले २ जना, आधादर्जन घर र बाख्रा बगायो

हिमाली संचार संवाददाता
१२०२ पटक

लमजुङको  – मर्स्याङ्दी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्क बीहिन भएका स्थानीयले बताएका छन् ।

स्थानीय वृद्धा ललितमाया गुरुङ र जगत गाउँबाट आएका एकजना वृद्धलाई पहिरोले बगाएको स्थानीय जगत गुरुङले बताए। उनका अनुसार जगत गाउँबाट आएका वृद्धको नाम खुल्न नसकेको उनले बताए। अर्खलेबेंसीमा रहेका ४ वटा घरमध्ये ३ वटा बगाएको उनले बताए।

उनका अनुसार वरपरको खोला बढेर ती घरमा जान नसकिएको र आफ्नी आमा समेत खुट्टा भाँचिएर घाइते अवस्थामा रहेको उनले बताए। भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाउनुका साथै बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको स्थानीयको भनाई छ।

मर्स्याङ्दी गाउँपालिका४ का अध्यक्ष सुमन गुरुङका अनुसार राबजारमा २ वटा घर बाढीले बगाएको छ। एउटा ट्रयाक्टर र मोटरसाइकल समेत बगाएको उनले बताए। यस्तै, स्याँगेमा १० वटा बढी बाख्रा पहिरोले बगाएको उनले बताए। मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको स्थानीयले बताएका छन्।

बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन्। दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन्। काप्रेभीरमा एउटा जीप पहिरोले पुरेको जानकारीमा आएको घटनास्थलमा रहेका उनले बताए। उनी बेंसीसहरबाट मनाङको चामे जाँदै थिए।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको छ। ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन्। प्रमुख जिल्ला अधिकारी झंकनाथ थकालले एक्कासी आएको बाढीले उत्तरी लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र केही मानिस हाताहात भएको खबर आएकोले प्रहरी परिचालन गरिएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...