News Portal

  • छिन्चुका ट्राफिक प्रहरी सिहँले असुल्छन अटोरेक्साबाट मासिक रकम

    १५७२ पटक

    सुर्खेत – सुर्खेतको छिन्चु जहरे सडक खण्डमा ट्राफिक प्रहरीले अटोरेक्साबाट मासिक रुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुले बताएका छन। कागजात नभएकाहरुबाट प्रहरीले मासिक १ हजारका दरले पैसा असुल्ने गरेको पाईएको छ।

    लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिएर अटोलाई निर्बाद रुपमा संञ्चालन गर्न दिने गरेका छन। छिन्चुमा कार्यरत ट्राफिक प्रहरी गजेन्द्रबहादुर सिहँले अटोरेक्साबाट मासिक १ हजार रकम लिने गरेको खुलेको छ।

    सिहँले त्यसक्षेत्रमा रहेका झन्डै साढे २ देखि ३ सयसम्म अटोबाट मासिक रकम असुल्ने गरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन। छिन्चु-जाजरकोट सडक खण्डमा प्रहरीले मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय मौन छ।

    यसैबीच रकम लिएको आरोप लागेका ट्राफिक प्रहरी सिहँलाई अनुसन्धानको लागी जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा तानिएको छ। ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख एसपी राकेश सिहँले आवश्यक अनुसन्धानको लागी जिल्ला तानिएको भन्दै दोषि पाईए कारवाही गरिने बताउनुभयो।

    उहाँले छानविनको लागी भन्दै समिति गठनसमेत गरिसकेको भन्दै एक हप्ताभित्र प्रतिबेदन बुझाँन निर्देशन दिएको जिकिर गर्नुभयो। यस्तै सवारी साधनको धेरै चाप हुने क्षेत्रमा प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई ड्युटीमा खटाएर रकम असुल्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना ट्राफिक प्रहरीले बताएका छन।

    वीरेन्द्ररनगरको सुब्बाकुना, गोठीकाँडा, छिन्चुलगायतका क्षेत्रमा कार्यालय प्रमुखले नै ट्राफिकलाई रकम असुल्न लगाउने गरेको ट्राफिक प्रहरीकै भनाई छ। ट्राफिक प्रमुख सिहँले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यसबारे वास्तविता बुझ्ने भन्दै त्यसो गरेको पाईए कारबाही गर्ने चेतावनी दिनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...