News Portal

रामकुमार कार्कीको गीत “म त लाहुरे” सार्वजनिक (भिडियोसहित)

हिमाली संचार संवाददाता
६११ पटक

२०७७ भदौ ७, आइतबार
राजु बोहरा/काठमाडौँ – स्थायी घर रामेछाप भएका गायक रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन्। उनले यस अगी कोइली चरी, कालापानी हाम्रै हो, मालिगाईको तर, घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटि, जे गरे नि चल्यो लगायतका अन्य थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्।

यस लगत्तै गायक रामकुमार कार्कीको पछिल्लो सांगीतिक कोसेली “म त लाहुरे” बोलको रहेको छ। बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई प्राथमिकता दिने उनि बिकृतिजन्य गीतहरु बजारमा ल्याएर चर्चित बन्न खोज्नेहरु माझ उदाहरण हुन्।

त्यसैले पनि रामकुमार चर्चामा भन्दा लोकप्रियताको पछी दौडीरहेका छन्। उनका हरेक गीतहरु लोकप्रिय बन्नुको कारण मौलिक संस्कृतिबाट कहिले अलग नरहनु हो।

फल स्वरूप बजारमा आएको गीत पनि यहि नै पेरिफेरिमा रहेको छ। गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय तथा शब्द सिर्जना रामकुमार पौडेलले तयार पारेका हुन्।

भर्खरै बिदा भएको तीज पर्ब र त्यहि तीज गीतको रौनकता बाट बन्चित हुने अशंख्य श्रोता तथा दर्शकहरुका लागि यो गीत खुराक बन्नेमा शंका गर्ने ठाउँ छैन। गीतको अडियो जति मिठासपूर्ण ढंगले तयार पारिएको छ, सोहि अनुरुप म्युजिक भिडियो पनि तयार पारिएको छ।

भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, रुपेश दानी, सुजन थापा र प्रेम खड्काको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ। भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...