News Portal

रामकुमार कार्कीको गीत “म त लाहुरे” सार्वजनिक (भिडियोसहित)

हिमाली संचार संवाददाता
६५८ पटक

२०७७ भदौ ७, आइतबार
राजु बोहरा/काठमाडौँ – स्थायी घर रामेछाप भएका गायक रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन्। उनले यस अगी कोइली चरी, कालापानी हाम्रै हो, मालिगाईको तर, घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटि, जे गरे नि चल्यो लगायतका अन्य थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्।

यस लगत्तै गायक रामकुमार कार्कीको पछिल्लो सांगीतिक कोसेली “म त लाहुरे” बोलको रहेको छ। बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई प्राथमिकता दिने उनि बिकृतिजन्य गीतहरु बजारमा ल्याएर चर्चित बन्न खोज्नेहरु माझ उदाहरण हुन्।

त्यसैले पनि रामकुमार चर्चामा भन्दा लोकप्रियताको पछी दौडीरहेका छन्। उनका हरेक गीतहरु लोकप्रिय बन्नुको कारण मौलिक संस्कृतिबाट कहिले अलग नरहनु हो।

फल स्वरूप बजारमा आएको गीत पनि यहि नै पेरिफेरिमा रहेको छ। गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय तथा शब्द सिर्जना रामकुमार पौडेलले तयार पारेका हुन्।

भर्खरै बिदा भएको तीज पर्ब र त्यहि तीज गीतको रौनकता बाट बन्चित हुने अशंख्य श्रोता तथा दर्शकहरुका लागि यो गीत खुराक बन्नेमा शंका गर्ने ठाउँ छैन। गीतको अडियो जति मिठासपूर्ण ढंगले तयार पारिएको छ, सोहि अनुरुप म्युजिक भिडियो पनि तयार पारिएको छ।

भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, रुपेश दानी, सुजन थापा र प्रेम खड्काको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ। भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...