News Portal

साढे दुई वर्षपछि उठ्यो कावासोती नगरपालिकाको फोहाेर

हिमाली संचार संवाददाता
५५० पटक

नवलपरासी -पूर्वी नवलपरासीको         कावासोती नगरपालिकाले लामो समयदेखि उठाउन नसकेको फोहोर उठाउन थालेको छ ।
कावासोती नगरपालिकासँग रहेको जोडर र टिपर प्रयोग गरेर फोहोर उठाउन सुरु गरेको हो ।

चाडपर्व नजिकिएसँगै नगरपालिकाले फोहोर उठाउन सुरु गरेको हो । कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले नगरपालिकाले तत्कालका लागि वडावडाले आफ्नो वडा भित्रको फोहोर व्यवस्थापन गर्ने निर्णय अनुसार फोहोर उठाउन सुरु गरिएको बताए ।

यसअघि नगरपालिकाबाट निस्केको फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा झण्डै साढे दुई वर्षदेखि फोहोर उठ्न सकेको थिएन ।

जनता मावि त्रिभुवनटारका प्रधानाध्यापक गिरिराज गिरीले फाहोर व्यवस्थापन गर्ने कार्य राम्रो रहेको बताए ।

उनले भने, ‘केही वडालाई केन्दि्रत गरेर फोहोर उठाउन थालिएको छ । यसलाई अझ व्यवस्थित गरेर प्रत्येक वडामा पुर्याउन सके अझ राम्रो हुने थियो ।’

नगरपालिकाले भने चाडपर्वलाई लक्षित गरेर मात्र नभइ अब कावासोती नगरपालिकाको फोहोरलाई दिगो व्यवस्थापन गर्न नगरपालिका अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...