News Portal

  • नेवि संघ र तरुण दलले वीपीका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

    हिमाली संचार संवाददाता
    ३०० पटक
    २०७७ साउन २७, मंगलवार

    दिलीप राई, धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र निर्माण भएको कोभिड–१९ अस्पताल उद्घाटन गरेको तीन महिना सम्म पनि सञ्चालनमा नआएपछि नेविसंघ र तरुण दल धरानले वीपीका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

    नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ र तरुण दल धरानले कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको र उनीहरुलाई अस्पतालमा बेड अभावका कारण उपचारमा समस्या भएको भन्दै वापीको कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै लगाएको ताला अहिले प्रहरीले खोलेका छन् ।

    धरानको वीपी हाता भित्रको तीन महिना अघि तामाझामका साथ उद्घाटन भएको अस्पताल अझै सञ्चालनमा नआउँदा कोरोना संक्रमितले बेलैमा उपचार गर्न अस्पताल जान पाएका छैन । कोभिड–१९ अस्पताललाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । उद्घाटनको समयमा अस्पतालमा आइसियु, अप्रेसन कक्ष तथा कोरोना संक्रमितलाई छुट्टै केयर गर्नेगरी सञ्चालनमा ल्याईने भनिएको अस्पताल अझैसम्म संचालनमा आएको छैन।

    प्रदेश सरकारको सहकार्यमा वीपीमा उद्घाटन गरिएको कोभिड–१९ अस्पताल तीन महिना वितिसक्दा समेत सञ्चालनमा नआएको भन्दै नेविसंध र तरुण दल धरानले विरोध गर्दै उपकुलपतीको कार्यकक्षमा तालाबन्दी गरेका हुन । विरोध स्वरूप लगाएको ताला प्रहरीले फुटाइदिएपछि अब आन्दोलनको कार्यक्रम कसरी अघि बढाउने भन्ने सन्दर्भमा बैठक बस्न लागिरहेको तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठले बताएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना...