News Portal

  • पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

    हिमाली संचार संवाददाता
    ६४५ पटक

    २०७७ साउन १७, शनिबार
    सिन्धुपाल्चोक – सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्वलडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्।

    युद्धका क्रममा बन्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्वलडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए।

    सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पीडित भएपनि उपचारका लागि राज्यले बेवास्त गरेको खबर सार्वजनिक भएपछि पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले पूर्व लडाकु तामाङलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

    २०६० सालमा भोजपुरमा रहेको नेपाल टेलिकमको रिपीटर टावरमा तैनाथ तत्कालीन शाही नेपाली सेनामाथि आक्रमणको बेला तामाङको मुखमा छर्रा लागेको थियो।

    माओवादीमा नै कार्यरत स्वास्थ्यकर्मीहरुले त्यतिबेला सामान्य उपचारपछि उनी ठिक भएपनि त्यही घाउ बल्झिदै जाँदा क्यान्सर भएको तामाङको आफन्तले बताएका छन्।

    क्यान्सर लागेर थलीएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापालगायतका नेकपाका नेताहरुसँग आर्थिक सहयोगका लागि आग्रह गरेपनि कतैबाट पनि सहयोग नपाएको खबर सञ्चार माध्यममा आएपछि उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको कांग्रेस नेता बस्नेतले जानकारी दिए।

    पूर्व लडाकु तामाङ भक्तपुरमा रहेको भाइको घरमा डेरामा बस्दै आएका छन्। बस्नेतसहित कांग्रेसका अन्य नेता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) सहितका नेता एवम जनप्रतिनिधिहरुले तामाङलाई उपचार खर्चबापतको रकम हस्तान्तरण गरेका थिए।

    सुनकोशी गाउँपालिकाले पनि यसअघि नै तामाङलाई उपचारका लागि ५० हजार सहयोग गरेको थियो।

    राजनीतिक हिसाबले फरक पार्टीको भएपनि उच्च राजनीतिक संस्कारको सुरुवात गर्दे आफुले उपचारका लागि पुर्व लडाकु तामाङलाई सहयोग गरेको पुर्वमन्त्री बस्नेतले बताए।

    राजनीति चुनावको बेलामा हुन्छ, यस्तो विपत्तमा हामी सबै राजनीतिक नेताहरुले सहयोग गर्नुपर्छ’, बस्नेतले भने।

    सामाजिक विकास मन्त्रीले दिए एक महिनाको पारिश्रमिक !

    बागमती प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले पनि पूर्वसहकर्मी तामाङको उपचारको लागि आफुले पाउने एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा गरेका छन्।

    क्यान्सर रोगसँग जुधिरहेका तामाङलाई अस्पतालमा भेट गर्दै उनलाई सहयोग गर्ने घोषणा गर्दै उनको उपचारमा राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

    युवा विद्यार्थीले पनि दिए सहयोग !

    नेकपा निकट युवा तथा विद्यार्थी संगठन सिन्धुपाल्चोकले पनि पूर्व लडाकु तामाङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।

    युवा र विद्यार्थीहरुले संकलन गरेको १ लाख २४ हजार ६ सय रुपैयाँ तामाङलाई हस्तान्तरण गरिएको थियो। नेकपाका युवा नेता सरल सहयात्रीले तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal