News Portal

पारस र एलिसाको युगल गीत बेसी झरौला सार्वजनिक

हिमाली संचार संवाददाता
५८९ पटक
२०७७ साउन १६, बिहिवार

काठमाण्डौ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोकरक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत” बेसी झरौला…” सार्वजनिक भएको छ। सबै जनरामा गीत गाउन सक्षम लामाले उस्तै क्षमता भएकी एलिसासँग गायकी गीतको “बेंसी झरौला…!” भर्खरै सार्वजनिक गरेका हुन। पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोलादेखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी आन्चलिकता र ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ।

नेपाली पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मन पराउने विश्वास गायक लामाले गरेका छन्। यो गीतको शब्द-संकलन पारस लामा/योगेस वानु राईले गरेका हुन् भने संगीत-पदम घिसिङको रहेको छ।एरेन्ज/मिक्सिङ/मास्टरिङ-भिम केरुङ लिम्बुले गरेका छन् भने सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकर्डीस-भिम लिम्बुले रेकर्डीङ गरेका छन्। 

दाजुबहिनीको यो युगलगीत साउन १५ माँ पारस लामाको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

भिडियो यहाँ हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...