News Portal

१ करोड साढे ४ लाखको लागतमा सिम्तामा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी महिनादिन नपुग्दै भत्कन थाल्यो, गुणस्तरहिन सामाग्री प्रयोग !

हिमाली संचार संवाददाता
११०३ पटक

२०७७ साउन १४, बुधबार
सुर्खेत – पुर्वी सुर्खेतको सिम्ता गाँउपालिका-५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ।

मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाइटेक नर्सरी गुणस्तरहिन सामाग्रीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो। सार्वजनिक खरिद नियमवाली विपरित सिम्ता हाइटेक नसर्री उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालय सुर्खेतले नियम कानुन मिचेर १ कोरोड ४ लाख ५३ हजारमा निर्माण गरेको हो।

नियमवालीले १ करोड भन्दा माथीको काम गर्दा उपभोक्ता मार्फत निर्माण गरिनुलाई गैरकानुनी मानिन्छ तर, यो हाइटेक नर्सरी निर्माण भने डिभिजन वन कार्यालयले नियम कानुन मिचेर उपभोक्ता समितिलाई दिएको छ।

उधोग पर्यटन तथा वन मन्त्रालय कर्णाली प्रदेशले उच्च प्रविधियुक्त नर्सरी स्थापना र संञ्चालन कार्यविधि २०७५ का अनुसार वातावरण अनुकुल व्यवस्थापनको अतिरिक्त परावैजनिक किरणहरु अवरोधक पोलिथिन तापक्रम नियन्त्रण जाली, एग्रीनेट र ईसेन्ट नेटको अवरोध नगर्ने उल्लेख गरिएको छ।

यस्तै सुक्ष्म सिचाई प्रणालीबाट पोषक तत्व व्यवस्थापन सहितको वन पैदावरजन्य बालीको गुणस्तर वेर्ना नर्सरी भन्ने गरिन्छ। नर्सरीबाट बहुउपयोगी विरुवाहरुको उत्पादन गरी बृक्षारोपन मार्फत वनक्षेत्रको विस्तार तथा वन पैदावरको उत्पादन बृद्धि गरि जनताको जिविकोपार्जन टेवा पुर्याउने उदेश्यले निर्माण गरिएको हो।

तर कर्णाली सरकाले स्थापना गरेको कार्यविधि अनुसार कुनैपनि मापदण्ड पुरा नभएकाले महिना दिन नपुदै हाईटेक नर्सरी भत्कन थालेको। यसरी करोडौ रकमको लागतमा निर्माण भएको हाईटेक नर्सरी अहिले कामै नलाग्ने गरेर भत्कन थालेको भन्दै स्थानियले आपति जनाएका छन।

(१ करोड ४ लाख ५३ हजार लागतमा तयार भएको हाइटेक नर्सरी)

अहिले रामीचौरमा निर्माण भएको नर्सरीमा टनेल निर्माण भएको क्षेत्रको खम्बा भाचिएको छ भने पलास्टिक र अन्य साम्रागीहरु पनि गुणस्तरहिन प्रयोग भएको स्थानियको भनाई छ। उनिहरुले बालुवा धेरै प्रयोग भएको र सिमेन्ट थोरैमात्र प्रयोग भएकाले त्यसरी भत्किएको भन्दै आक्रोस पोखेका छन।

करिब ७ सय ५६ बर्गमिटरमा निर्माण भएको नर्सरी सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिले डिभिजन वन कार्यालय सुर्खेतसंग सम्झौता गरेतापनी समितिले पनि नापासिस्ट प्राली काठमान्डौका प्रतिनिधि प्रल्लाद गौतमलाई ८२ लाखमा ठेक्का दिएको थियो।

नर्सरी निर्माण स्थलमा सहजरुपमा यातायात आवतजाउत गर्नुपर्ने निमावलीमा उल्लेख भएपनि त्यसक्षेत्रमा भने सडकनै नपुगेको बताईएको छ। उता समितिका अध्यक्ष जगत महतराले नया काम भएको र आफुहरुलाई यसबारे कुनै जानकारी नभएकाले अरुलाई ठेक्का दिनुपरेको बताउनुभयो।

उहाँले काम गर्ने क्रममा नर्सरीका टनेलहरु मापदण्ड अनुसार बन्न नसकेको स्वीकार गर्नुभयो। यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहालले यसबारेमा त्यसक्षेत्रमा के भएको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताउनुभयो।

उहाँले संञ्चारमाध्यममा कुरा आएपछि मात्र आफुले थाहा पाएको भन्दै अव त्यसक्षेत्रमा के भईरहेको छ भन्ने जानकारी लिने उल्लेख गर्नुभयो।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...