News Portal

यसरी भेट्टाउन सकिन्छ हराएको मोबाइल

हिमाली संचार संवाददाता
८९७ पटक

काठमाडौं – आफ्नो मोबाइल फोन हरायो भने जसलाई पनि तनाव हुन्छ। एकातर्फ पैसाको क्षति, अर्कोतर्फ मोबाइलमा सेभ गरेका तमाम् फोन नम्बरहरू फेरि जुटाउने झन्झट त भई नै हाल्छ।

तर, जति सावधानी अपनाए पनि मोबाइल हराउन सक्ने खतरा जहिल्यै पनि हुन्छ। हराएको मोबाइल हत्पत्ति भेटिँदैन पनि तर, हामी यस्तो उपाय सिकाउँदै छौं जसले कम्तीमा हराएको मोबाइल कुन स्थानमा छ, भनेर पत्ता लगाउन सकिन्छ। यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ।

पूर्वसावधानी !

फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ। यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुहोस्।

त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ। यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ।

कम्प्युटरबाट ट्र्याक गर्ने !

यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुहोस्। त्यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ।

ध्यान राख्नुहोस् कि, तपाईंले त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई तपाईंले राख्नुभएको थियो। त्यसपछाडि एउटा नक्शा देखिन्छ। यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ।

यसको लोकेसन देखाइदिन्छ। जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ। यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ। रिङ अप्सनमा क्लिक गर्दा तपाईंको फोनको घन्टी बज्छ।

लक अप्सनमा जाँदा स्कृनमा पासवर्ड हाल्नुपर्ने हुन्छ। इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईंका सबै निजी डाटाहरू मेटिन्छन्।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...