News Portal

जुनी खालिङ राईको “कस्तो माया …’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमाली संचार संवाददाता
१४३० पटक
२०७७ आषाढ २९, सोमवार

काठमाण्डौ । गायिका जुनी खालिङ राईको “कस्तो माया..! गीतको म्युजिक भिडियो गायिका जुनी खालिङ राई अफिलियल युटुब च्यानलबाट आज सार्वजनिक गरेकी छिन् । गीतकार शुक्र खिम्बुले राईले रचना गरेका गीत गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाज रहेको “कस्तो माया…!” म्युजिक भिडियो आज सार्वजनिक गरेकी गायिका राईले हिमाली संचार संग बताएकी हुन्।

पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईले “कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो…” जस्तो दर्जनौ गीतमा आवाज दिएकी गायिका खालिङ राईले “धान रोप्नु बर्खे झरीमा, धनकुटा बजार…” जस्ता अन्य नया गीतको तयारी समेत रहेको जानकारी दिएकी छिन् । 

गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाजमा रहेको “कस्तो माया…!” कृष्ण भक्त राईले एरेन्ज गरेका हुन्, भने संगीत स्वयम् गायक कृष्ण कुमार राईले संगीत भरेका छन् । यस म्युजिक भिडियोको प्राविधिक पक्ष रोजी राईले हेरेकी छिन् । पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ मुस्कान मुकारुङ, सेवा रेकडिङ स्टुडियो अनामनगर काठमाण्डौमा गरिएको हो। लकडाउनका समयमा छायांकन गरिएको म्यजिक भिडियोमा, प्राविधिक पक्षको राम्रो संयोजन गरिएको छ । यस म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई, गायक कृष्ण कुमार राई स्वयम् कलाकार रुपमा समेत, यस म्युजिक भिडियोमा देख्न सकिन्छ । 

भिडियो यहाँ हेर्नुस

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...