News Portal

भारतीय च्यानल बन्द गर्दैमा राष्ट्रवादी हुने हो र ?

राकेश कुमार शर्मा
५०१ पटक

२०७७ असार २६, शुक्रबार
भारतबाट आउने चामल, चीनी, नुन, तेल, सियो, कच्चा पदार्थ, मेसिनरी सामानहरु, पार्टपुर्जाहरु, ग्यास र पेट्रोलियम पदर्थ आदि आदि जस्ता वस्तुहरु बन्द गर्न सकिन्छ ? मोटरसाइकल र गाडी किनेकाहरुले मोटरसाइकल र गाडीहरु त्याग गर्न सक्छन ? आजसम्म प्रयोगमा ल्याइएका सबै भारतीय वस्तुहरु फ्याँक्न सकिन्छ ? अब भारतीय च्यानल कतिन्जेललाई बन्द गर्न सक्छन नाटक हेर्न बाँकी छ ?

जान्ने बुझ्नेहरु कसैले पनि खोक्रो राष्ट्रवाद देखाउनु बेकार छ। खोक्रो राष्ट्रवाद देखाउनाले मुलुकको स्वाधीनता धरापमा पर्न सक्छ ? यसकारण पहिला आत्मनिर्भर बन्न सिकौं।

राष्ट्रियता राजाको पालामा मरिचमान सिंहले देखाएका थिए। आज मरिचमान सिंहलाई कसैले सम्झन्छ ? मरिचमान सिंहको स्वर्गारोहणमा राज्यले एक दिन बिदा दिएन तर जनताहरुले विरोध गरेनन। हामी नेपालीहरु कस्ता छौं भने जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता छौं।

मुलुकको स्वाधीनतामा आँच आउने काम कसैले गर्नु हुँदैन। मुलुकमा द्वन्द र दुर्घटनामा परेको खण्डमा जिम्मेवार को ? कसैलाई याद छ की छैन तर मलाई याद छ नेपालमा नाकाबन्दी भएको समयमा कतिपयको चाहना के थियोे भने नाकाबन्दी संधैलाई भयो भने लुकीछुपी सामानहरु ल्याई महँगोमा सामान बेच्न र कमाउन पाइन्छ भन्ने सोच थियो। कोरोना भाइरसको महामारीमा पनि लकडाउनको अवस्थामा पनि मौका छोपी कमाउनेहरुले त कमाउनु कमाए। यो मैले वास्तविक कुरा गरेको हुँ।

भारतीय केही मिडियाहरुले नेपालको सम्बन्धमा गलत कुरा गर्‍यो हाम्रो मुलुकको परराष्ट्र मन्त्रालय के को लागी हो ? भारत को दिल्लीमा रहेको नेपाली राजदुतावास के को लागी हो। फोन गरेर कुराहरू भन्न सक्दैनन ? भारतको परराष्ट्र मन्त्रालय र नरेन्द्र मोदीको नीजी सचिवालयलाई भारतका केही मिडियाहरुले दुई देशको संबंधलाई अनावश्यक रूपमा बिगार्न खोजी रहेको छ भनेर फ्याक्स पठाउन सकिन्छ ? रिपोर्ट गर्न सकिन्छ ? जानकारी गराएर समस्याहरु हल गर्न पनि सकिन्छ ? मैले गरेको कुराहरू कतिपयलाई चित्त नबुझ्न सक्छ र तितो लाग्छ तर मैले वास्तविक कुरा गरेको हुँ। मलाई झुठो र खोक्रो राष्ट्रवाद देखाउनु छैन।

राष्ट्रवादीहरुले भारतीय मोटरसाइकल र गाडीहरू त्रिसुली नदीमा बगाए हुन्छ। भारतीय ग्यास र पेट्रोलियम पदार्थ प्रतिबन्ध गरे हुन्छ। घरहरुमा प्रयोगमा ल्याइने भारतीय वस्तुहरु नुन, सियो र धागो जे जति भारतीय सामानहरु छ फ्याकि खोक्रो राष्ट्रवाद देखाए हुन्छ।

(स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७)

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...