News Portal

तत्कालीन युवासंघ संयोजकले गरे पत्रकारलाई हातपात

हिमाली संचार संवाददाता
७२३ पटक

२०७७ असार २५, बिहीबार
जाजरकोट – समाचार लेखेका कारण युवा संघ जाजरकोटका तत्कालिन संयोजकले पत्रकारमाथि हातपातको प्रयास गरेका छन।

युवा संघ जाजरकोटका निलम्वित संयोजक दिपेन्द्र शाहीले समाचार लेकेखै कारण पत्रकारलाई भौतिक आक्रमणको प्रयास गरेका हुन्।

‘युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रण’ भन्ने शिर्षकको समाचारमा आपत्ति जनाउँदै उनले भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम बहादुर खड्कालाई हातपातको प्रयास गरेका हुन्।

पत्रकार खड्काले शाहीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको प्रयास गरेको बताए।

जिल्लाको गैरीखालिदेखि ठाँटि बजार जाने क्रममा शाहीले शान्तिचौतारामा रोकी पत्रकार खड्कामाथि अभद्र ब्यवहार गरेका हुन। ‘समाचार लेख्न आउदैन ? तिम्रो यो कदमले राम्रो परिणाम आउँदैन ? भन्दै ममाथि गाली गरेर भौतिक रुपमा हातपात नै गरे’ पत्रकार खड्काले भने।

खड्का ठाँटिबाट पत्रिकाको कार्यालयमा फकिर्दै गर्दा शाहीले बाटो कुरेर मोटरसाइकलको चाबीसमेत थुतेका थिए। शाहीसँगै रहेका उनका भाई शुसिल शाहीले खड्काको तस्बीर खिच्ने तै होस् भन्दै खड्कालाई अभद्र ब्यवहार गरेका थिए।

शाहीले बिहीबार भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीको निवासमा पुगेर मोटरसाइकल तोडफोडको प्रयास गरेको नगरप्रमुखका भाई भरत घर्तीले बताए।

विभिन्न आरोप लागेपछि शाहीलाई युवा संघले संयोजकबाट निलम्बन गरेपनि शाहीले भने आफू २० दिनपछी युवा संघ जाजरकोटको संयोजकमा पुनः दोहोरीने दाबी गर्दै धम्की दिएका छन्।

शाहीले नगरप्रमुख घर्तीमाथि हातपात गरेपछि युवा संघको जिल्ला संयोजकबाट निलम्बनमा परेका थिए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...