News Portal

तत्कालीन युवासंघ संयोजकले गरे पत्रकारलाई हातपात

हिमाली संचार संवाददाता
६५३ पटक

२०७७ असार २५, बिहीबार
जाजरकोट – समाचार लेखेका कारण युवा संघ जाजरकोटका तत्कालिन संयोजकले पत्रकारमाथि हातपातको प्रयास गरेका छन।

युवा संघ जाजरकोटका निलम्वित संयोजक दिपेन्द्र शाहीले समाचार लेकेखै कारण पत्रकारलाई भौतिक आक्रमणको प्रयास गरेका हुन्।

‘युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रण’ भन्ने शिर्षकको समाचारमा आपत्ति जनाउँदै उनले भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम बहादुर खड्कालाई हातपातको प्रयास गरेका हुन्।

पत्रकार खड्काले शाहीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको प्रयास गरेको बताए।

जिल्लाको गैरीखालिदेखि ठाँटि बजार जाने क्रममा शाहीले शान्तिचौतारामा रोकी पत्रकार खड्कामाथि अभद्र ब्यवहार गरेका हुन। ‘समाचार लेख्न आउदैन ? तिम्रो यो कदमले राम्रो परिणाम आउँदैन ? भन्दै ममाथि गाली गरेर भौतिक रुपमा हातपात नै गरे’ पत्रकार खड्काले भने।

खड्का ठाँटिबाट पत्रिकाको कार्यालयमा फकिर्दै गर्दा शाहीले बाटो कुरेर मोटरसाइकलको चाबीसमेत थुतेका थिए। शाहीसँगै रहेका उनका भाई शुसिल शाहीले खड्काको तस्बीर खिच्ने तै होस् भन्दै खड्कालाई अभद्र ब्यवहार गरेका थिए।

शाहीले बिहीबार भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीको निवासमा पुगेर मोटरसाइकल तोडफोडको प्रयास गरेको नगरप्रमुखका भाई भरत घर्तीले बताए।

विभिन्न आरोप लागेपछि शाहीलाई युवा संघले संयोजकबाट निलम्बन गरेपनि शाहीले भने आफू २० दिनपछी युवा संघ जाजरकोटको संयोजकमा पुनः दोहोरीने दाबी गर्दै धम्की दिएका छन्।

शाहीले नगरप्रमुख घर्तीमाथि हातपात गरेपछि युवा संघको जिल्ला संयोजकबाट निलम्बनमा परेका थिए।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...