News Portal

जंगली च्याउ खाँदा १० जना बिरामी

हिमाली संचार संवाददाता
७५९ पटक

२०७७ असार १३, शनिबार
ओपेन्द्र बस्नेत/दाङ – जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छन्।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर गाउँपालिका–१ कुन्डलेका एकै घरका ४५ बर्षका कबिराज खाम्चा, श्रीमती मिना खाम्चा, छोरा २२ बर्षका बमबहादुर खाम्चा, बुहारी २० बर्षकी देबी खाम्चा, छोरी २० बर्षकी भिमा खाम्चा र नातीनी दिवशिका खाम्चा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ।

त्यसैगरी च्याउ खाएर तुलसीपुर–८ अश्वारा निबासी ७० मानसिङ रोका, ६८ बर्षकी श्रीमति विष्णु रोका, ५० बर्षका वसन्त रोका, ४८ बर्षकी मैमी रोका पनि बिरामी परेका छन्।

उनीहरुले पनि जंगली च्याउ खाँदा बिरामी भएको अस्पतालले जानकारी दिएको छ। सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...