News Portal

सुर्खेतको जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब

हिमाली संचार संवाददाता
६६१ पटक
२०७७ असार ६, शनिबार

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतको उदासिनताको कारण सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब भएका छन।

जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घटको ठुलेखोला क्षेत्रमा भएका गोलीया र चिरान काठहरु लुकाउन जनकल्यान सामुदायिक वनका पदाधिकारीहरुनै लागेको स्थानियले बताएका छन।

ठुलो संख्यामा कटान गरिएका काठहरु अहिले सामुदायिक वनका पदाधिकारीहरुले नै लुकाउने गरेका छन।

स्थानियले डिभिजन वन कार्यलय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहललार्इ यसबारेमा पटक पटक वन विनासभएको जानकारी गराउदा पनि कुनै प्रतिकृया नजाएको बताएको छ।

उनिहरुले सामुदायिक वनका पदाधिकारीलाइ कारवाही गर्न डिभिजनलार्इ जानकारी गराउदा पनि वनले कुनै चासो नदिएकाले डिभिजन वन कार्यालय सुर्खेत प्रति नै प्रश्न चिन्न उत्पन्न भएको छ।

स्थानियले परिणम भन्दा धेरै काठ कटान गरिएको भन्दै यसअघि कटान गरेर घाड्गदी भएका काठको पुन नापजाचँ गर्नुपर्ने माग गरेका छन।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएका छन।

जनकल्याण सामुदायिक वन वन ऐन नियम विपरीत रुखहरु कटाई गर्ने र जग्गा अतिक्रमण गरेको पाईएको वनले बताएपनि कारवाहीको लागी कुनै पहल गरेको छैन।

यस्तै दमारे विधालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भईरहेको छ।

अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानीयहरुले बताएका छन।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालसंग यसवारे जानकारी लिन खोज्दा उनि सम्पर्कमा हुन सकेन।

स्मरण रहोस डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहल सुर्खेत आएदेखि वनमा फडानी, अबैध काठ ओसारपसार भईरहेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...