News Portal

सुर्खेतको जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब

हिमाली संचार संवाददाता
६१० पटक
२०७७ असार ६, शनिबार

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतको उदासिनताको कारण सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब भएका छन।

जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घटको ठुलेखोला क्षेत्रमा भएका गोलीया र चिरान काठहरु लुकाउन जनकल्यान सामुदायिक वनका पदाधिकारीहरुनै लागेको स्थानियले बताएका छन।

ठुलो संख्यामा कटान गरिएका काठहरु अहिले सामुदायिक वनका पदाधिकारीहरुले नै लुकाउने गरेका छन।

स्थानियले डिभिजन वन कार्यलय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहललार्इ यसबारेमा पटक पटक वन विनासभएको जानकारी गराउदा पनि कुनै प्रतिकृया नजाएको बताएको छ।

उनिहरुले सामुदायिक वनका पदाधिकारीलाइ कारवाही गर्न डिभिजनलार्इ जानकारी गराउदा पनि वनले कुनै चासो नदिएकाले डिभिजन वन कार्यालय सुर्खेत प्रति नै प्रश्न चिन्न उत्पन्न भएको छ।

स्थानियले परिणम भन्दा धेरै काठ कटान गरिएको भन्दै यसअघि कटान गरेर घाड्गदी भएका काठको पुन नापजाचँ गर्नुपर्ने माग गरेका छन।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएका छन।

जनकल्याण सामुदायिक वन वन ऐन नियम विपरीत रुखहरु कटाई गर्ने र जग्गा अतिक्रमण गरेको पाईएको वनले बताएपनि कारवाहीको लागी कुनै पहल गरेको छैन।

यस्तै दमारे विधालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भईरहेको छ।

अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानीयहरुले बताएका छन।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालसंग यसवारे जानकारी लिन खोज्दा उनि सम्पर्कमा हुन सकेन।

स्मरण रहोस डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहल सुर्खेत आएदेखि वनमा फडानी, अबैध काठ ओसारपसार भईरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...