News Portal

असारको तेश्रो सातासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक

६०६ पटक
२०७७ जेठ ३२, आइतबार

सुरज कुँवर/काठमाडौँ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ। उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन्।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थिय।

चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि जेठ १८ र जेठ १९ देखि वैशाख ३२ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो।

यी निर्णय मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको हो। व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ।

हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन्। यसैबीच विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले अनुमति दिएपछि आइतबार नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, निगमको वाइडबडी विमान २ सय ५८ नेपालीलाई बोकेर साँझ ६:२० मा काठमाडौंमा अवतरण भएको थियो।

लकडाउन सुरु भएयताको यो १ सय २४ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो। यी यात्रुलाई नेपाली सेनाले काठमाडौंमा बनाइएका ७ वटा प्रदेशका क्वारेन्टाइनमा पुर्‍याएको थियो।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...